अमेरिकनहरुलाई “पानको पात” गित सुनाऊँदै प्रेमराजा महतले राहत संकलन गरे

इनेप्लिज २०७२ असार १ गते ०:२९ मा प्रकाशित

DSC04753

वाशिंगटन डिसी – बरिस्ठ लोकगायक तथा नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महतले अमेरिकन गोराहरुलाई सारंगीको धुनमा पानको पात गित सुनाऊँदै भुकम्प राहत संकलन गर्ने गरेका छन् l

DSC04830

अमेरिकाका बिभिन्न शहरहरुमा यसरी राहत संकलन गर्ने क्रममा, हिजो आईतबार साँझ भर्जिनियाको दुर्गम स्थान फ्रेडिस्बर्गको प्रिन्स अन्ना भन्ने गाउँमा अमेरिकन गोराहरुलाई जम्मा गरेर प्रेमराजा महतले आफ् नोएकल साँगितिक कार्यक्रम प्रस्तुत गरे l नेपाली ढाकाटोपीमा नेपालदेखी ल्याएको सारंगी रेट्दै प्रेमराजा महतले पानको पात …. ,
रेशम फिरिरी ….. जस्ता गितहरू गाएर अमेरिकन गोराहरुलाई मन्त्रमुग्ध पार्न सफल भएर गितको तालमा
सबै गोराहरुले थपडी मार्दै मनोरंजन लिएका थिए l अन्तमा, दर्शक िदर्घाबाट गोराहरुले अमेरिकाको
लोकगित पनी गाईदिन “फर्माईस् “गरेकाले, प्रेमराजा महतले “माई होम ईज गुड…. “

भन्ने बोलको अमेरिकाको लोकगित पनी गाईदिंदा गोराहरु खुसी हुंदै नाचेका थिए l

DSC04826भर्जिनियामा राज्य सरकारका माननीय सभासद (स्टेट डेलीगेट) Mr. Orrac ले बडो आकर्षक पाराले कार्यक्रम सन्चालन गरेका थिए !
ग्लोबल पिस फाऊन्डेसन भन्ने एक अन्तरास्ट्रिय संस्थाको राईज नेपाल प्रोजेक्ट भन्ने भुकम्प पिडित नेपालीलाई सहयोग गर्ने प्रोजेक्टको लागी प्रेमराजा महतको एकल सांगीतिक साझमा $ २०,०००.०० िबसहजार डलर जती ऊठेको र ऊक्त रकम अमेरिकनहरुले नै प्रोजेक्ट मार्फत नेपाल पठाऊनेछन् ।यस्तो कार्यक्रम छ रे भन्ने कुरा कोही नेपालीलाई पनी थाहा नभएकोले, नेपालीको सहभागिता नै थिएन l जती थिए सबै अमेरिकन मात्रै थिए l नेपाली दुतावासलाई पनी थाहै थिएन, तर पनी नेपालको लागी प्रेमराजा महत खटीरहन्छन् ।

DSC04850

आते जाते पांच घण्टा ड्राईभ गर्दै रातीको १२ बजे बाल्टिमोर पुगेर प्रेमराजा महतले डिसीनेपाल /इनेप्लिज़लाइ
टेलिफोनमा भने – नेपाली कलाकारहरुले बिदेशमै बसेर पनी कलाको माध्यमबाट नेपालको सेवा गर्न सक्छन् ,
नेपालको सेवा गर्न नेपालमै बस् न पर्छ भन्ने छैन l

DSC04823

प्रतिक्रिया