आइतबार, माघ ९ २०७८
काठमाडौं ०५:०६
वासिङटन डिसी 18:21

दिदीबाट बेचिएकी बालिकाको चार वर्षपछि उद्धार

इनेप्लिज २०७२ जेठ ३२ गते ६:५२ मा प्रकाशित

कपिलवस्तु, ३२ जेठ । आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले उद्धार गरेको छ ।

नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजा (नाम परिवर्तन) लाई चार वर्षपछि भारत इलाहावादको मिरगन्जस्थित वेश्यालयबाट उद्धार गरिएको गृहका संयोजक भूमीराज भट्टराईले बताउनुभयो ।

उद्धार गरिएकी पूजा आफ्नै दिदी चितवन जिरौना बस्ने कुइँटी तामाङबाट वेश्यालयमा बिक्री भएपछि चार वर्ष उनले नारकीय जीवन बिताउन बाध्य भइन् । पूजा दिदीबाट ३० हजार भारतीय रुपैयाँमा वेश्यालयमा बिक्री हुन पुगेकी थिइन् । एघार वर्षको उमेरमा इलाहावादमा बेचिन पुगेकी पूजा चार वर्षको अन्तरालमा नेपाली भाषासमेत बोल्न बिर्सिसकेकी छिन् ।
इलाहावादमा मेला घुम्न जाने भन्दै नुवाकोटबाट इलाहावाद पु¥याइएकी पूजाले आप्mनै दिदीबाट बेचिन पुगेको भन्दै दिदीलाई कडा जेल सजाय हुनुपर्ने माग गरेकी छिन् ।

बहिनीलाई वेश्यालयमा बिक्री गर्ने पूजाकी दिदीउपर अहिले जिल्ला अदालत कपिलवस्तुमा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा चलेको छ । जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप भएपछि पूजाकी दिदी अहिले कृष्णनगर प्रहरीको नियन्त्रणमा रहेकी छिन् ।

प्रतिक्रिया