गत बैशाख १२ गते आएको विनासकारी महा भूकम्पले ल्याएको धनजनको क्षति प्रति ऐक्यबद्दता देखाउदै भूकम्प पिडितहरुको लागि आर्थिक सहयोग गर्ने उद्देस्यले वाशिंगटन डिसी महाननगर क्षेत्रमा रहेको राजधानी मन्दिरमा भारतीय अमेरिकन समुदायले एक भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् l
उक्त कार्यक्रममा नेपाली समुदाय तथा डिसी क्षेत्र वरपर रहेका भारतीय मुलका भारतीय अमेरिकनहरुको बाक्लो उपस्थिति रहेको थियो l नेपाली ,भारतीय तथा अमेरिकन राष्ट्रिय गान बाट सुरु गरिएको कार्यक्रममा १ मिनेट मौन धारण गरि सांस्कृतिक कार्यक्रम शुभारम्भ गरिएको थियो l
प्रतिक्रिया