भूकम्प पिडितको लागि भारतीय अमेरिकन द्वारा भब्य सांस्कृतिक कार्यक्रम

इनेप्लिज २०७२ जेठ ३१ गते १२:५० मा प्रकाशित

 

IMG_0078गत बैशाख १२ गते आएको विनासकारी महा भूकम्पले ल्याएको धनजनको क्षति प्रति ऐक्यबद्दता देखाउदै भूकम्प पिडितहरुको लागि आर्थिक सहयोग गर्ने उद्देस्यले वाशिंगटन डिसी महाननगर क्षेत्रमा रहेको राजधानी मन्दिरमा भारतीय अमेरिकन समुदायले एक भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् l

उक्त कार्यक्रममा नेपाली समुदाय तथा डिसी क्षेत्र वरपर रहेका भारतीय मुलका भारतीय अमेरिकनहरुको बाक्लो उपस्थिति रहेको थियो l नेपाली ,भारतीय तथा अमेरिकन राष्ट्रिय गान बाट सुरु गरिएको कार्यक्रममा १ मिनेट मौन धारण गरि सांस्कृतिक कार्यक्रम शुभारम्भ गरिएको थियो l

IMG_0058र ,यस क्षेत्रमा रहेका बिभिन्न भारतीय समुदायले चन्दा संकलन गरेका थिए भने एक मुस्ट रकम जम्मा भए पछि नेपाललाई बुझाउने भएका छन् l कार्यक्रममा भारतीय तथा नेपाली गित ,गजल तथा नृत्यहरु प्रस्तुत गरिएको थियो भने नेपाली चलचित्र माईति घरको गीत पनि प्रस्तुत गरिएको थियो l

बच्चा भगवान जस्तै हुन्छन भन्ने गीत सानी बालिकाले गाएकी थिइन् भने कार्यक्रममा मुरारी नराल तथा दुर्गा खरेलले छोडी गए देशको माटो भनि नभन ,तोडी गए नाता सबै भनि नभन ,एक बारको नेपाली सधै नेपाली भन्ने राष्ट्रियता झल्कने गीत भारतीय कलाकारको साथमा गएका थिए l नरालको आफ्नै संगीत तथा शब्दमा उक्त गीत प्रस्तुत गरेका थिए l

nepal-earthquake-018

झन्डै १ दशक देखि अमेरिकामा बस्दै आएका संगीत साधनामा लामो समय देखि लागि परेका संगीत गुरु ,गीतकार तथा रेडियो नेपालका गायक मुरारी नरालले गुलाम अलिको गीत पनि प्रस्तुत गरेका थिए lबलिवुड कि प्रसिद्ध नृत्यांगना हेलेनले गाएको प्रसिद्ध गीत हे मेरा दिल प्यारका दिवाना , मस्त कलन्धर ,कथक नृत्य ,मौलि नृत्य ,सेमी क्लासिक नृत्य ,भरत नाट्यम तथा अन्य गीत तथा नृत्यहरु प्रस्तुति रहेको कार्यक्रममा दर्शकहरुको खचाखच भिड रहेको थियो l

IMG_0076नेपालको भूकम्प पिडितको लागि आयोजन गरेको कार्यक्रममा नेपाली समुदायको तर्फ बाट मुरारी नराल तथा दुर्गा खरेलले भारतीय अमेरिकनहरुले सहयोग गरेकोमा धन्यबाद दिएका थिए l र ,उक्त कार्यक्रममा आयोजकका तर्फ बाट स्वयम् सेवक रुपमा परिचालन भएका महिलाहरुले नेपाली संस्कृति ,कला तथा भेष भूषालाई सम्मान गर्दै अधिकांशले रातो फरिया लगाएर आएका थिए l

IMG_0053

nepal-earthquake-039

प्रतिक्रिया