श्रीपशुपतिनाथ फाउनडेशन युएसए तथा साउदर्न क्यालिफोर्निया समाजद्वारा जस्ता पाता वितरण

इनेप्लिज २०७२ जेठ ३० गते १७:०९ मा प्रकाशित

p3

श्रीपशुपतिनाथ फाउनडेशन युएसए तथा साउदर्न क्यालिफोर्निया समाजले नुवाकोट जिल्लाका थानसिंग, मदनपुर, खानी गाउ, सुर्यमति, भाल्चेको काउले गा.बि.स. का २५० घरलाई एक/एक बन्डलको दरले जस्ता पाता वितरण गरेको छ । हस्तान्तरण कार्यक्रम नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो ।

सहायता वितरण कार्यक्रम ब्यबस्थित रुपमा संचालन गर्नको लागि श्रीपशुपतिनाथ फाउनडेशन युएसए तथा साउदर्न क्यालिफोर्निया समाजका नेपाल स्थित संयोजक हेमराज भट्ट, सदस्यहरु जीवन पाण्डे र प्रदिप सेढाई तथा नुवाकोटका स्थानीय संस्था श्री ग्रामिण बिज्ञान र प्रबिधि अनुसन्धान केन्द्रका श्री नवराज पाण्डेले वितरण कार्यक्रमको संयोजन गर्नु भएको थियो ।

श्रीपशुपतिनाथ फाउनडेशन युएसए तथा साउदर्न क्यालिफोर्निया समाजले नुवाकोटमा जस्तापाता वितरण गर्ने कार्य ब्यबस्थित रुपमा संचालन गर्न रामबाबु पाण्डेलाई नुवाकोट स्थित प्रतिनिधि छनौट गरेको थियो । नेपाल स्थित संयोजक हेमराज भट्टले बताउनु भए अनुसार दोलखामा केहि दिन भित्रमा जस्तापाता वितरण गर्ने कार्यको लागि त्यस तर्फ प्रस्थान गर्न लागेको बताउनु भएको छ ।

p5

p2

प्रतिक्रिया