सोमबार, माघ १० २०७८
काठमाडौं ०३:०८
वासिङटन डिसी 16:23

आइएसले हेलिकोप्टर खसाल्यो, तीन सिरियाली अधिकारीको मृत्यु

इनेप्लिज २०७२ जेठ ३० गते १६:०३ मा प्रकाशित

heli1दमास्कस, ३० जेठ । इस्लामिक स्टेट नामको एक आतङ्कवादी संस्था (आइएस) ले सिरियामा शनिबार गोलीहानी हेलिकोप्टर खसालेका छन् । सो हेलिकोप्टरमा रहेका तीनजना सिरियाली अधिकारीको ज्यान गएको बताइएको छ ।

सिरियाको उत्तरी प्रान्तमा शनिबार उनीहरुले गोलीहानी सो होलिकोप्टर खसालेका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सो जानकारी दिएको छ ।

उक्त अधिकारवादी संस्थाले सो हेलिकोप्टरमा रहेका तीनजना सिरियाली अधिकारीको ज्यान गएको पनि बताएको छ ।
सो क्षेत्रमा विगतका केही समयदेखि नै आइएसको प्रभाव रही आएको छ ।

प्रतिक्रिया