सोमबार, माघ ३ २०७८
काठमाडौं ०३:१५
वासिङटन डिसी 16:30

एमाओवादी केन्द्रीय समिति बैठकबाट १६ बुँदे सहमति अनुमोदन

इनेप्लिज २०७२ जेठ ३० गते १५:४४ मा प्रकाशित

Mao-cc-meetकाठमाडौँ, ३० जेठ । एकीकृत नेकपा (माओवादी) केन्द्रीय समितिको पूर्ण बैठकले प्रमुख चार शक्तिबीच भएको १६ बुँदे सहमति अनुमोदन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आज बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष दाहालले १६ बुँदे सहमति, पार्टीले पेस गरेको फरक मत, श्रम अभियान र पार्टीको आगामी कार्यभारबारे धारणा राख्नुभएको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले संविधान बन्न नदिने षडयन्त्र चिर्न अबको एक महिना सम्पूर्ण पार्टी पङ्क्ति केन्द्रित हुन निर्देशन दिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

बैठकमा मस्यौदा समिति र प्रदेशको सीमाङ्कन र नामाङ्कनको क्रममा पार्टीले थप उपलब्धिका लागि क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको उपलब्धिलाई कम नआँक्न नेताहरुलाई दाहालले आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले अहिले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि सङ्घर्ष गर्ने उद्देश्यसहित सहमति गरिएको बताउँदै १६ बुँदे सहमतिको पक्षमा देशभर वातावरण बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आफूहरुले परिवर्तनका एजेन्डा नछाडेको बताउँदै सहमतिको गलत व्याख्या गरी पार्टीविरुद्ध प्रचारबाजी हुनसक्ने भएकाले त्यसलाई चिर्न केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।

बैठकमा केही केन्द्रीय सदस्यहरुले सहमतिको नाममा पार्टीले आफ्ना अडान छोडेको, मधेसी, जनजातिका मुद्धालाई छोडेको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।

प्रतिक्रिया