आइतबार, माघ ९ २०७८
काठमाडौं ०६:००
वासिङटन डिसी 19:15

NRN NCC को पहिलो बैठक: अजेण्डा, अवशर, चुनौती र सम्भावना

इनेप्लिज २०७२ जेठ ३० गते ११:१४ मा प्रकाशित

AIbEiAIAAABDCJr80ZXB6s2JYyILdmNhcmRfcGhvdG8qKDNkOTRhYTkzNzY3MmNmMGU2OTFkYmQxMjg4MGJjZmZjYTE1MmMzNzUwATqCfWBRWGvCjf8NAnkw49BPqK32अबको केहि घण्टाभित्र नवनिर्वाचित NRN NCC को पहिलो बैठक मेरीलेंड राज्यको केन्द्र बाल्टिमोर शहरमा सुरु हुदैछ। बैठकका सामु एकातिर धेरै बिसय सवालहरु निस्कर्षमा पुग्नै पर्ने चुनौती छ भने अर्कोतर्फ तत्काल सम्बोधन हुनु पर्ने तीनवटा महत्त्वपूर्ण अजेण्डाहरु टड्कारो रुपमा हाबी हुँदै गएको छ।

त्यसोत निर्वाचित कार्य समितिको पहिलो बैठक भएकोले अरु पनि धेरै अजेण्डाहरु हुन् सक्छन। तर प्राथमिकता स्वाभाविक रुपमा स्वदेशमा त्रासदीपूर्ण विपदपछिको पुननिर्माणको सवाल एवं संबिधान निर्माणले तत्काल गति लिने संकेत मिलेको पछिल्लो राजनीतिक बिकासक्रमको सन्दर्भमा प्रवासी नेपालीहरुको हक अधिकारहरुको प्रत्याभूति गर्न लबी/एड्भोकेसीका लागि NRNA NCCले खेल्नु पर्ने महत्वपुर्ण भूमिकाको सवाल पनि अब उत्तिकै पेचिलो हुने संकेत देखिएको छ।

त्यसैगरि यहि जुन ८ तारिखमा सार्बजनिक भएको NRN NCC को गत निर्वाचनको सवालमा उठेका बिबादहरु र तिनको सहि र स्थाई समाधानको बिसय पनि यस बैठकका लागि त्यतिनै कसिलो र महत्वपुर्ण अजेण्डा र चुनौतीका रुपमा देखापरेको छ।

अमेरिकाबासी नेपालीहरुले NRN NCC को नया निर्वाचित कार्य समिति प्रति ठुलो आशा र भरोशा राखेका छन् । ती सबै आशाहरु यस कार्य समितिले यहि २ बर्से कार्यकालमै पुरा गरिनु पर्दछ भन्नु सर्वथा गलत हुनेछ। तर ती सबै आकांक्षाहरुले निकट भबिस्श्यमा उचित समाधान पाउने दिशा तर्फ उन्मुख हुदै गएको अवस्था छ भन्ने कुराको प्रत्याभूति चाही अबस्य खोज्नेछन । र त्यसको परिपूर्तिका लागि यस कार्य समितले महत्त्वपूर्ण आधारस्तम्भ निर्माण गर्ने सवालमा के कति कामहरु कसरि गर्न सक्यो ? भनेर नजिकैबाट नियालेर हेरिरहेको अवश्था भने अबस्श्य छ। त्यसैले आगामी २ वर्ष के के गर्ने त्यसको कार्य योजना संगसंगै कम्तिमा आगामी १० वर्षभित्र NRN USA को अवस्था र भूमिका के हुने भन्ने दिशा तर्फ दिर्घकालिन सोचको बिकास पनि हुनु पर्ने देखिन्छ।

नेपालमा विनासकारी भुकम्प नगएको र NRN NCC को गत निर्वाचनको सवालमा बिबादहरु नउठेको अवस्थालाइ परिकल्पना गर्दा स्वाभाविक रुपमा पहिलो बैठकमा हुनु पर्ने महत्वपुर्ण बिसयसवालहरु धेरै नै फरक हुने थिए होलान। अर्थात् अमेरिकाबासी नेपालीहरुको आर्थिक, सामाजिक, संस्कृतिक, लगायत सबै खालका प्रगति र उन्नतिको लागि सशक्त जिम्बेबारी लिन सक्ने गरि NRN को प्रभावकारिता अभिब्रिधि तथा संगठानिक सुध्रिणीकरण र ब्यबस्थापन, प्रवासीहरुका समस्याहरुको पहिचान र समाधान लगायतका बिसय सवालहरु उत्तिकै टड्कारो भएर आउने थिए होलान। तर यी महत्त्वपूर्ण बिसय सवालहरु अहिले तत्काललाइ अघिल्ला दुइ बिसयहरुले ओझेलमा पारिदिएको छ।
त्यसोत गत अप्रिल २५ मा स्वदेशमा ठुलो विपद आइलागेको बेला तत्काल खेलेको भूमिकाले पनि NRN लाइ संसार भरिका प्रवासी नेपालीहरुको साझा संस्था मात्र नभएर नेपालभरिका सम्पूर्ण नेपालीहरुको आशा र भरोसा गर्न लायकको संस्था हो भन्ने अनुभूति दिलाउन सकेको थियो।
त्यसैगरी लोकतान्त्रिक पद्दतिमा बिश्वास गर्ने सबै अमेरिकाभरिका नेपालीहरुले अब अमेरिकामा NRN एउटा सशक्त्त, प्रभावकारी र सबै नेपालीहरुको साझा संस्था हुनसक्छ भन्ने मनोविज्ञानको बिजारोपण हुँदै गएको अवस्था थियो।

सन् २०१५ संगै स्रुरु भएको ‘मेम्बरसिप ड्राइव’ र गत अप्रिलमा सम्पन्न चुनावसंगै आफ्नो मातृभूमिप्रति चासो चिन्ता र सरोकार राख्ने अमेरिकामा बसेका प्रत्येक नेपाली दाजुभाइ-दिदिबहिनिहरुमा निकै नै उत्साहको माहोल सिर्जना भएको थियो। त्यो उत्साहलाई मर्न नदिनका लागि अहिलेको कार्य समितिका सामु धेरै ठुला जिम्बेबारी र चुनौतिहरु छन्। ति मध्ये माथि उन्लेख गरिएका २/३ सवालहरूमा यो कार्य समिति कति जिम्मेबार, जवाफदेही र सक्षम भएर प्रस्तुत हुन सक्यो त्यसैमा NRN अमेरिकाको भबिस्य र त्यसको प्रभावकारिता निर्धारण गर्ने देखिन्छ।

— लेखक कृष्ण भण्डारी एनआरएन भर्जिनियाको सचिव हुनुहुन्छ।

प्रतिक्रिया