शुक्रबार, माघ १४ २०७८
काठमाडौं १३:२९
वासिङटन डिसी 02:44

संविधानपछि सरकार फेरिन्छ: एमाले वरिष्ठ नेता नेपाल

इनेप्लिज २०७२ जेठ ३० गते १२:२५ मा प्रकाशित

madhav-nepalकावासोती, ३० जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ संविधान निर्माणपछि सरकार परिवर्तन हुने बताउनुभएको छ ।

आज नवलपरासीको कावासोतीमा प्रेस चौतारी नेपाल नवलपरासीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले असारभित्र नयाँ संविधान निर्माण हुने र त्यसलगत्तै राष्ट्रपतिसहित सरकार परिवर्तन हुने धारणा व्यक्त गर्नुभयो ।

संविधान जारी नभएसम्म सरकार परिवर्तन नहुने र संविधान जारी भएलगत्तै एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनेसमेत उहाँले बताउनुभयो ।

“अब बाँकी बुँदामा एक/दुई दिनभित्र सहमति हुन्छ । असार मसान्तसम्ममा देशले संविधान पाउँछ” नेता नेपालले भन्नुभयो–“संविधान निर्माणपछि सरकार फेरिन्छ ।”

नेता नेपालले १६ बुँदे सहमतिप्रति असन्तुष्ट पक्षधरको मतलाई पनि सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले असन्तुष्ट पक्षधरलाई विश्वासमा लिनुपर्ने र त्यसका लागि छलफल बढाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया