गच्छदार भन्छन्- असार वा साउनमा संविधान आउँछ

इनेप्लिज २०७२ जेठ ३० गते १०:५५ मा प्रकाशित

INDIA-NEPAL-DIPLOMACYविराटनगर, ३० जेठ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले समावेशी र समानतामा आधारित आठ प्रदेशको सङ्घीयतासहितको संविधान मुलुकले अविलम्ब पाउने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सकभर असार महिनामै नभए साउनको मध्यसम्ममा मुलुकले संविधान पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रिय सरकारको गठन भएपछि मुलुकमा भूकम्पका कारण उत्पन्न विपत्तिलाई समाधान गर्नका लागि राजनीतिक दल एक भएर लाग्ने बताउनुभयो । राजनीतिक समस्यालाई समाधान नगरी राष्ट्रिय एकता सम्भव नरहेको उल्लेख गर्दै उहाँले सानातिना कुरामा नअल्झन असन्तुष्ट दललाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया