बुधबार, माघ ५ २०७८
काठमाडौं १७:२३
वासिङटन डिसी 06:38

सरकार जनजीवन सामान्य बनाउन केन्द्रित छ: सञ्चारमन्त्री

इनेप्लिज २०७२ जेठ ३० गते १०:५१ मा प्रकाशित

minendra-riajal-300x200काठमाडौँ, ३० जेठ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सरकार अहिले जनजीवन सामान्य बनाउनेतर्फ केन्द्रित रहेको बताउनुभएको छ ।

शिवदर्शन डिजिटल प्रालिको प्रस्तुतिमा गायक विदुर घिमिरेको स्वरबद्ध ‘मनको मलम’ गीतको म्युजिक भिडियो आज सार्वजनिक गर्दै उहाँले अब सबै भूकम्पपीडितलाई राहत वितरण गरी जनजीवन सामान्यकरण गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
सामान्य जीवनमा फर्किने हो भने राहतको काम अझै प्रभावकारी हुने बताउँदै सरकारका प्रवक्ता डा रिजालले भन्नुभयो – “राहतपछि अब पुनःनिर्माणमा लाग्नुपर्छ, भूकम्पका कारण भएका क्षतिको पुनःनिर्माण र राहतले पीडितको पीडामा मलम लगाउन सकिन्छ ।”
गीतमा सुमन तिमिल्सिनाको शब्द र शान्ति जानकीको सङ्गीत रहेको छ ।

प्रतिक्रिया