पाठ्य सामग्री वितरण

इनेप्लिज २०७२ जेठ ३० गते ४:४२ मा प्रकाशित

Bigyanधुन्चे (रसुवा), ३० जेठ । विस्थापित विपन्न हाकुवासीका बालबालिकालाई शुक्रबार पाठ्य सामग्री वितरण गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा ऋदिककुमार पोखरेलले बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउन आफ्नोतर्फबाट पाठ्यसामग्री वितरण गर्नुभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

उहाँले ठूलो, सानु र वेसी हाकु क्षेत्रबाट विस्थापित भई धुन्चे आएका परिवारका १५४ बालबालिकालाई कलम, कापीलगायत साम्रगी वितरण गर्नुभएको हो

पाठ्यसामग्री पाएपछि खुसी हुँदै कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सुकुमायाँ तामाङले भनिन्, “भूकम्पपछि हाम्रो सबै कापीकलम पुरिएको थियो, पोखरेल परिवारले प्रदान गरेको पाठ्यसामग्रीबाट ठूलो राहत मिलेको छ ।”

प्रतिक्रिया