एनआरएन एनसीसी युएसएको किचलो: हरुवा गोरु को छेरुवा चाल

इनेप्लिज २०७२ जेठ २९ गते २०:१७ मा प्रकाशित

imagejpeg

मलाई माथिको शिर्षक राखेर यो लेख लेख्न पटक्कै मन थिएन ! यो लेख लेख्नु अगी मैले एकपटक हैन धेरै पटक सोचे र निस्कर्ष निकाले कि हैन मान्छे भएर जन्म लिए पछि सहि र गलत को भिन्नता छुट्याउन सक्नु पर्छ ! हालको एनआरएन एनसीसी युएसए को चुनाबको नतिजालाइ लिएर ऐले एक आपसमा हिलो छ्यापा छयाप गर्ने काम सुरु भएको छ ! अमेरिकामा बसोबास गर्दै आएका हामी जस्ता काम गरि खाने लाइ एस्तो वैयातको राजनीतिले भने पटक्कै छोएको छैन ! तथापी,यो किचलोका कारण चुनाबमा भोट दिने एक सदस्यका नाताले म सोच्न बाध्य भए कि मैले एस्तो पबित्र उदेस्य ले स्थापित सस्थाका अपवित्र व्यक्ति हरुलाइ किन भोट दिएछु ? आज मेरो भोट खेर गएको महसुस गरि आफ्नो निर्णय नै गलत भएको निस्कर्स निकाल्न म बाध्य भए !

अब फर्केर हेरौ के उदेस्य का लागि कस्ता नेताजीहरु यो एनआरएन एनसीसी युएसए क कुर्सिमा बस्न मरिहत्ते गर्दा रहेछन ! मैले एनआरएन युएसए का बिगत देखिका क्रियाकलापहरु लाइ सरसरी हेर्दा यस्मा उठ्ने र कुर्सि ओगटन नेताजीहरुको मुख्य उदेस्य नै नेपालको राजनीति मा आफ्नो पहिचान बनाउनु र अमेरिका जस्तो ठाउँमा बसी नेपालमा आफ्नो खोक्रो लोकप्रियता देखाउनु नै प्रमुख कारण रहेको पाए ! एनआरएन एनसीसी युएसएको कुर्सि ओगटी एक आपसमा झैँ -झगडा र किचलो बाहेक आफ्नो उदेस्य अनुरुप कुनै उपलब्धि मुलक काम गरेको भए मलाई थाहा भएन !

उता निर्बाचन अघी नै ठुला ठुला गफ गर्दै हिडने नेताजीहरुलाइ भने निर्बाचन परिणामले नराम्ररी झापड दिएछ ! सबैले माथि बाट आफुले नै आसिर्बाद पाएको ठाने तर भोट दिने समयमा कुनै एउटाले मात्र आकाशबाणी पाएछन् ! परिणाम भयो ठिक उल्टो ! जसले आशिर्बाद पाए तिनको जय भयो , जसले हारे उनले आफ्नो लगानी समेत डुबाए ! जित्ने वा हार्ने पक्ष्य एउटै सीक्का का दुइ पाटा थिए भन्दा फरक नपर्ला ! बिचरा अब हार्ने ले के पो गरोस? उसले आफ्नो गुरु बाट सिके कै कुरा त गर्यो नि – हरुवा गोरुको छेरुवा चाल भने झैँ निर्बाचन निस्पक्ष भएन भनि उजुरी गर्ने , एक आपसमा गालि गलौज र सस्था को नै बेइजति !

यस एनआरएन एनसीसी युएसए मा जित्ने, हार्ने तथा भोट दिने हामि सबैको लगानी छ ! हामी सवैले नै बुझेको कुरा हो कि यस संस्थाको इतिहासमा एस्तो किचलो भएको घटना कुनै नया भने हैन ! अत संधैको झगडा र नेपालको राजनैतिक प्रभाव लाइ सदाको लागि अन्त्य गरि आज आप्रबासी नेपालीहरुको हितमा हिड्ने नयॉं एनआरएन एनसीसी युएसएको खाचो परेको छ ! यस कार्यको लागी सवैले आफ्नो स्वार्थ त्यागी एनआरएन एनसीसी युएसए को बिधान नै अपूर्ण भए वा अस्पस्टता भए वर्तमान एनआरएन एनसीसी युएसए लाइ बिघटन गरि साधारण सभाबाट बिधानलाई परिमार्जित गरी यस संस्थालाई नयॉं दिशा निर्देश गर्न किन गारो ?

प्रतिक्रिया