डुङ्गा दुर्घटनामा ६० भन्दा बढी बेपत्ता

इनेप्लिज २०७२ जेठ २९ गते १२:१९ मा प्रकाशित

 

BangladeshMap

ढाका, २९ जेठ । बङ्गलादेशमा बिहीबार भएको डुङ्गा दुर्घटनामा ६० भन्दा बढी यात्रु बेपत्ता भएका जनाइएको छ ।

बिहीबार भएको सो दुर्घटनाबाट पाँच व्यक्तिको मृत्यु भएको समाचार बिहीबार नै सार्वजनिक गरिएको थियो ।

प्रहरीले बिहीबार एक महिला र चार बालबालिकासहित पाँच शव भेटिएको जनाएको थियो । स्थानीय अधिकारीहरुले उद्वारको कार्य जारी रहेको जानकारी दिएका छन् ।

बङ्गलादेशको दक्षिणी जिल्ला भोलामा भएको सो दुर्घटनामा ६० देखि ७० व्यक्ति सवार रहेका अनुमान गरिएको छ । डुँगामा रहेका यात्रुको यकिन सङ्ख्या सार्वजनिक भएको छैन ।

बिहीबार अपरान्ह पल्टिएको डुङ्गामा रहेका कैयौँ यात्रु पानीमा डुबेका र बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

शुक्रबार बिहानसम्म पनि बेपत्ता हुने व्यक्तिको सङ्ख्या स्पष्ट हुन सकिरहेको छैन । तर अधिकारीहरुले उक्त डुङ्गामा ६० देखि ७० जना रहेको भने पत्ता लागेको जनाएका छन् ।

भोला जिल्लाका एकजना प्रहरी अधिकारी अनिस शिक्दरले उक्त डुङ्गामा रहेका यात्रुमध्ये पाँचजनाको शव भेटिएको जानकारी दिएका थिए ।

अधिकारीहरुले राजधानी ढाकाबाट २०५ किलोमिटर टाढा भोला जिल्लामा रहेको मेघना नदीमा भएको सो दुर्घटनामा अज्ञात सङ्ख्या बेपत्ता भएका जनाएका छन् ।

बङ्गलादेशमा यातायातको एक प्रमुख साधनका रुपमा रहेको डुङ्गा बारम्बार दुर्घटना हुने गर्दछ । रासस÷सिन्ह्वा

प्रतिक्रिया