राष्ट्रपति, मन्त्री र बरिष्ठ ब्यक्ति किन बोक्सी हुँदैन, गरिबमात्र किन ? मन्त्री पण्डित

इनेप्लिज २०७२ जेठ २९ गते १२:१४ मा प्रकाशित

DSC_0137काठमाडौ, २९ जेठ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रपति, मन्त्री र बरिष्ठ ब्यक्तिहरु कोही पनि बोक्सी नहुने गरिबहरुमात्र किन बोक्सी हुने भनि प्रश्न गरेका छन ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालकाले शुक्रवार राजधानीमा आयोजना गरेको मान्छे बोक्सी हुन्न कहिल्यै शिर्षको एल्बम विमोचन गर्दै उनले गरिबलाई अपहेलित गर्न र दवाउन चाहनेले बोक्सीको आरोप लगाएर दमन गर्ने गरेको बताए ।
मन्त्री पण्डितले प्रश्न गर्दै भने– तपाईहरुले कहिल्यै सुन्नु भएको छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद, उद्योगी ब्यवसायीलगायतका बरिष्ठ ब्यक्तिहरु कहिल्यै बोक्सी भएको सुन्नु भएको छ ? केवल गरिब बस्तीमा यस्ता विकृतिहरु छन । कसैप्रति रिस उठे दवाउन चाहनेले बोक्सी भनेर दमन गर्ने गर्छन ।
उनले सबैको सामूहिक प्रयास र कानूनद्धारा दण्डनीय बनाउन सके बोक्सी प्रथा अन्य हुने दावी गर्दै अहिले सामाजिक परिवर्तन भन्दा पनि क्षणिक लाभ र प्रचार चाहने कार्यले गर्दा समस्या उत्पन्न भएको बताए ।
बोक्सी प्रथा समाज परिवर्तनको मुख्य बाधक बनेको भन्दै कडा कानून बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने बताए ।
महिला बालवालिका तथा समाज कल्याण सचिव धनबहादुर तामाङले बोक्सी र दाईजो प्रथा नेपालको मात्रै नभई दक्षिण एसियाकै समस्या भएको भन्दै यसले यस क्षेत्रको विकास र समानताको अभियानमा अवरोध उत्पन्न गरेको दावी गरे ।
उनले आउदो संसद अधिवेशनबाट दाईजो र बोक्सी प्रथा विरुद्ध कडा कानून आउने जानकारी दिदै अब यस्ता समाजिक विकृति विरुद्ध प्याकेज कानून ल्याउनुु पर्ने आवश्यकता औल्याए ।
नेपाली समाजको विकास र समानताको अभियानमा यस्ता कुप्रथा अवरोधको रुपमा रहेको भन्दै संगितको माध्यमबाट प्रभावकारी जनचेतना हुने विश्वास ब्यक्त गरे ।
राष्ट्रिय महिला आयोगी अध्यक्ष शेषचाँद ताराले यस्तो कुप्रथाको विरुद्धको अभियान भाषणले भन्दा पनि गित संगितको माध्यमबाट चेतना फैलाउन सके प्रभावकारी हुने भन्दै सस्थाले गरेको प्रयासको सरहाना गरे ।
बोक्सी विरुद्धको विद्येयक बनाएर संसदमा पठाएको जानकारी दिदै यस विरुद्ध मिडियाका विषयबस्तुका सामग्री बढी प्रभावकारी हुने भएकोले मिडियाको भूमिका प्रमुख हुने बताईन ।
सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव यदु प्रसाद पन्थीले बोक्सी जस्ता सामाजिक विकृतिका विरुद्ध सबै क्षेत्रको सहकार्य आवश्यक रहेको भन्दै एक्लो प्रयासले यसलाई अन्त्य गर्न नसकिने बताए ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बोक्सी प्रथा अन्य गर्न गित संगितको माध्यम उपयूक्त हुने भन्दै यसलाई अन्य गर्न मिडियाले सकारात्मक भूमिका खेल्न सक्ने बताए ।
उनले कानून बनाएर मात्रै यस्ता कुप्रथा अन्य नहुने भएकोले यसको लागि कडा भन्दा कडा कानून बनाउनु पर्नेमा जोड दिए । उनले सञ्चारमाध्यमलाई पनि राजनीतिक विषय बस्तु भन्दा सामाजिक विषयबस्तुलाई बढी प्राथमिकता दिन आग्रह गरे ।
सस्थाका अध्यक्ष कोविदशरण उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा मान्छे बोक्सी हुन्न कहिल्यै एल्बममा समेटिएका गितका संगितकार विवि अनुरागी, गितको म्यूजिक भिडियोमा अभिनय गर्ने मोडलहरु नविन घायल, पुजा सेढाई, ज्ञानेश्वर सुवेदी र सलिना बस्नेतलाई सार्वजनिक अभिनन्दन गरिएको थियो ।
सो एल्बमा, मान्छे बोक्सी हुन्न कहिल्यै, उठ नारी उठ, नारी श्रृष्टि देवी, ईश्वरले बोक्सी भन्या छैन, कुनै धर्म शास्त्रले, शंका गर्नु हुन्न, बारम्बार भन्छु मैले र दाईजो दिनु हुन्न बोलका आठ गित समेटिएका छन । ति गितहरु विवी अनुरागीसँगै नवराज त्रिपाठी, नवराज बराल, बसन्त सापकोटा र तिलकबम मल्लले संगित भरेका छन भने अञ्ज पन्त, ज्ञानेश्वर सुवेदी, ज्योति लामिछाने, स्वरुपराज आचार्य, बसन्ती लामिछाने, प्रमोद खरेल, विष्णु डुम्रे र सिन्धु मल्लले स्वर दिएका छन ।

प्रतिक्रिया