महिला र पुरुषको समान अधिकार किन ?

इनेप्लिज २०७२ जेठ २९ गते ११:३५ मा प्रकाशित

Kamala Pyukurel

महिला र पुरुष रथका दुई पांग्र भनिन्छ। जसरि एउटा रथ सहि तरिकाले चल्न दुवै पांग्र सक्षम हुन जरुरि छ त्यस्तै गरि एउटा जीवन, घर, समाज र राष्ट्र सहि ढंगले चल्नको लागि महिला र पुरुष दुवै बराबरी सक्षम हुन जरुरि छ। एउटा मानिस तब मात्र सक्षम हुन्छ जब उसको लागि घर बाहिरको सुनौला अवशरहरुको ढोका खुल्ला हुन्छ र त्यसलाई सदुपयोग गर्न उसको अधिकार रहन्छ। तर, दुर्भाग्य संसारमा नै महिलाले पुरुष सरहको अधिकार र अवशरहरु पाउन सकिरहेको अवस्था छैन। यसमा हाम्रो समाज पनि अछुतो रहन सकेको छैन।

गाँस, बाँस र कपाँस मानिसको प्राकृतिक आधारभूत आवस्यकताहरु हुन्। हामी मानिस एक सामाजिक प्राणि भएको हुनाले हामी समाजमा मिलेर बस्छौ। र यस सामाजिक संरचनाका नियमहरु हामीले नै बनाउछौ। जसले हाम्रो दैनिक जीवन देखि समाज, देश निर्माणमा ठुलो भूमिका खेल्दछ। प्रकृतिले दिएको महिला र पुरुषको शारीरिक भिन्नतालाई सामाजिक विभेदमा लगेर महिलालाई घर भित्र सिमित र पुरुषलाई आर्थिक आर्जन गर्ने सम्पूर्ण जिम्मेवारीको भारले सबै अधिकार र अवशरहरुमा विभेद ल्यायो। जसले गर्दा रथका दुई पांग्र बाराबार हुनबाट बन्चित गरेको अवस्था छ।

हाम्रो नेपाली समाजमा बराबर अधिकार भन्ने कुरालाई अझै महत्व दिएको छैन। महिलालाई सामाजिक, राजनैतिक र शैक्षिक तथा हरेक क्षेत्रमा पुरुष सरह अवशर र अधिकार पाउनु बाराबरी हुनु हो। त्यसैले यो कुरा बुझ्न महिला र पुरुष दुबैमा चेतना आउन एकदमै जरुरी छ। अवशर र अधिकार पाएका महिलाहरु कुनै पुरुष भन्दा कम छैनन्। एउटी महिला सक्षम हुनु भनेको एउटा परिवार सक्षम हुनु हो। एकाईसौ शताब्दीको बिकास संगसगै महिलाको बिकास हुन जरुरि छ। त्यसको लागि महिला र पुरुषको अधिकार बारबार हुन त्यत्तिकै जरुरि छ।

प्रतिक्रिया