अमेरिकाको व्यस्त जीवनशैलीको बाबजुद पनि हामी क्यालिफोर्नियाबासी दिदीबहीनीहरु मिलेर नेपाली महिला विश्व सन्जाल क्यालिफोर्नियाको माध्यमले हामी लगायत संसारभरका हामी जस्तै दिदीबहिनीहरुलाई जागरण र शसक्तिकरण गर्न साथमा साथ काँधमा काँध मिलाएर अगाडी बढ्न पाउँदा ज्यादै खुशी छु। विदेशको ठाँउमा जति नै सुख पाए पनि मनमा आफ्नो ठाउँको माया र यादले सताउदो रहेछ। कहिले कहिँ त अहिले भर्खर उडेर जाउँ जस्तो मन हुन्थ्यो मलाई जब मैले आफु जस्तै दिदीबहिनीहरु एउटै उदेश्यले आफ्नो साथमा पाए मलाई यहि विरानो ठाउँ आफ्नो जस्तो लाग्न थाल्यो। म एक्लो छैन मेरो साथमा मेरो साथीहरु छन् भन्ने महसुस मलाई हुदै आयो जसले गर्दा दिनहरु रामाईलो हुदै आउँन थाल्यो। मेरो आत्मबल पनि बढ्दै गएको महसुस हुन थाल्यो। मेरो जीवन जिउँन सजिलो साथै फराकिलो हुदै गएको छ एन डब्लु जी एनमा लागेर।
हामी महिनावारि बैठक पालैपालो गरि घरमा नै पट्लक गरेर बस्छौ। कहिले कहिँ कन्फ्रेन्स बैठक गर्छौ। बैठकमा हामी हरेक बिषयहरुमा छलफल गर्छौ जसले गर्दा बिचारको आदानप्रदान हुदोरहेछ। बोल्न सक्ने साथै सुन्न सक्ने क्षमताको बिकास हुदोरहेछ। मैले मेरो जीवनमा कहिलै माईक समतेर भाषण गर्न सक्छु होला जस्तो सोचेको थीइन तर, आज यस संस्थामा लागेर कहिले बोल्ने होला जस्तो लाग्छ। मेरो जीवनमा आएको परिबर्तनले मलाई धेरै कुरा सिकाउदै अगाडी बढ्ने प्ररणा दिएको छ। त्यसैले मेरो यस अनुभवले सिकाएको कुरा छोटकरीमा भएपनि यस संसारलाई बाड्न चाहान्छु। हामी नारीहरुसँग वास्तबमा आफुले सोचेको भन्दा बढी क्षमता छ। दैनिक जीवनमा अति महत्वपूर्ण भूमिका खेल्ने क्षेत्र जस्तै स्वास्थ्य, शिक्षा, रोजगारी र नेतृत्वको बिकास हामीले गर्न पर्छ। एक्लोले पनि केहि गर्न सक्छ भने हामी मिलेर धेरै गर्न सकिदो रहेछ। धेरैले सोध्छन अमेरिकाको व्यस्ततामा पनि एनडब्लुजीएनमा लाग्नुको रहस्य के हो ? भनेर सायद यहिँ नै मेरो उहाहरुलाई जवाफ होला।
प्रतिक्रिया