मंगलबार, माघ ४ २०७८
काठमाडौं १८:१८
वासिङटन डिसी 07:33

यमनमा १२ विद्रोही मारिए

इनेप्लिज २०७२ जेठ २८ गते १५:२४ मा प्रकाशित

yamanfinalसाना, २८ जेठ । यमनमा साउदी अरेबियाको नेतृत्वको हवाई आक्रमण औपचारिक रुपमा रोकिएको बताइएको भएपनि त्यहाँका हुथी विद्रोहीविरुद्धको कारबाही जारी रहेको छ ।

सो कारबाहीका क्रममा बुधबार राति र बिहीबार बिहानसम्ममा कम्तीमा पनि १२ जना विद्रोही मारिएका बताइएको छ ।

साउदी अरेबियाको सेनाले सो हमला गत महिना बन्द गरेको जनाएको थियो । तर यमनको सेनाले सो कारबाही जारी नै राखेको छ । त्यसमा साउदी सेनाको पनि सहयोग रही आएको छ ।

साउदी अरेबिया नेतृत्वको सैनिक गठबन्धनले भने मारिनेमा विद्रोही नै पर्ने गरेको बताउँछन् । मारिनेमा केही सर्वसाधारण पनि रहेको समाचारमा जनाइएको छ ।

साना सहरमा नै सेनाले हुथीका विरुद्धका कारबाही गरिरहेको छ । तर यसअघि नै साउदी अरेबिया नेतृत्वको सेनाले भने राजधानी सानामा हुथीको खतरा नरहेको बताएको थियो ।

अधिकारवादीहरूले मारिने व्यक्तिमा सर्वसाधारण बढी पर्ने गरेको भन्दै विगतदेखि नै त्यसको विरोध गर्दै आएका छन् । सेनाले गएराति पनि आक्रमण जारी नै राखेको छ ।

साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यमनको राष्ट्रिय सेनाले सिया विद्रोहीविरुद्धको कारबाही जारी नै राखेको छ ।

यमनको दोस्रो ठूलो सहर सानाको दक्षिणी क्षेत्रमा रहेको एक विद्रोहीको क्याम्पलाई लक्ष्यगरी मङ्गलबार बिहान पनि गरिएको अर्काे एक आक्रमणमा परी त्यहाँ रहेका आठजना विद्रोही मारिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया