एनआरएन अमेरिका बिबादको भुङ्ग्रोमा तानिनु हानिकारक

इनेप्लिज २०७२ जेठ २८ गते ११:५८ मा प्रकाशित

bijay 1

एनआरएन अमेरिका विवादको भुङ्ग्रोमा अनावश्यक रुपमा मुछिदै छ l अप्रिल २५ तारिख देखि बागडोर सम्हालेको वर्तमान नेतृत्वले सबै कुरा त्यागेर मात्री भुमिमा सेवा गरेर कर्म थलो आए लगतै विवादको चक्रब्युमा तानिदै छ l

विश्व भर रहेका ७० वटा एनआरएन राष्ट्रिय समन्वय समिति मध्ये १२ हजार सदस्य बनाई ईतिहास रच्ने एनआरएन अमेरिकामा बिबादको घेरामा पर्नु हुदैन l स्थापना काल देखि नै धेरै उतार चढाव ,विवाद र झगडा खेपेको संस्था पुन दलदलमा फस्ने हो कि भनि शुभ चिन्तक चिन्तित छन् l

दोहरी खेल जस्तै गरि सामजिक संजाल मार्फत क्षेप्यास्त्र प्रारम्भ देखिन थालेको छ l मैदानमा भकुण्डोलाई नचाएको जस्तो यता बाट उता उता बाट यता हानिने प्रयास गरिदै छ l सुक्ष्म विवाद भीमकायमा परिणत हुने सम्भावना बढेर आएको छ l धमिलो पानीमा माछा मर्ने काम नहोला भन्ने सक्ने अवस्थामा छैन l

यदि दोहोरी चल्यो भने ,दोहोरि खेल ७ दिन ७ रात सम्म पनि चल्छ l तर फोहोरी खेल चलेको चलै हुन्छ l गत अप्रिल १६ देखि २० सम्म सम्पन्न भएको निर्वाचन आम उम्मेदवारहरुले अनुमान गरे अनुसार निर्वाचन परिणाम घोषणा अस्वाभाविक देखिए पछि यो घटना चर्कीन पुगेको छ l दुधको दुध पानीको पानी छुट्याउनु पर्ने भएको छ l

अमेरिकाका नेपाली समुदायको आस्थाको केन्द्र बिन्दु भएको एनआरएन, संचार माध्यम तथा सामाजिक संजाल मार्फत संस्था प्रतिको छबि धमिलिने पो हुने हो कि भन्ने सोचाई जान थालेको छ l

अब के हुने हो ? एन आरएन अन्तर राष्ट्रियले कसरी हेर्छ भन्ने सबैले मुख ताकेर बसेको अवस्था छ l हाम्रो समस्या भएकोले हामीले नै समाधान खोज्नु पर्छ l

अझ नया नया कुराहरु सतह बाहिर आउदै छ l धैर्यता अपरिहार्य छ l आवेशलाई किनारा लगाउनु पर्ने छ l उप्पर खुट्टी लगाएर कुरा दोचार्ने बाट साबधान हुनु देखिएको छ l

कुरो र कुलोलाई जता लागे पनि हुन्छ l सस्थामा धब्बा लाग्नु कदापी राम्रो हुदैन l अब अलिक विषम परिस्थिति तथा जटिल वातावरण बन्दै गएकोले अन्य सबै कुराहरु त्यागेर मूल समस्यालाई समाधान गर्न अपरिहार्य देखिएको छ l

यस्को समाधान छिटो गरिएन भने अमेरिकामा रमिता मान्ने छन् l र रमितेहरुले थपडी बजाउने मौका पाउने छन् l विवादको झिल्का सुरु हुन् थालेको जस्तो सबैलाई अनुभूति भै रहेको छ l बिडम्बना मान्नु पर्छ l प्राकृतिक बिपत पछि बिदेसमा रहेका नेपाली समुदायहरुले देखाएको ऐक्यबद्धता झुटो साबित भएको जस्तो अनुभव भै रहेको छ l

सबै कुरा बिर्सेर ,भुलेर एक धारमा उभिएका हामी पुन विवादको भुमरीमा जाकिएका छौ जस्तो लाग्न थालेको छ l फकलेटामा हामी विभाजित हुन् संघारमा पुगेका हौ कि जस्तो प्रतित हुदैछ l तटस्थ तथा आम मानिस संस्थाको किचलोबाट टाडा हुने अवस्थामा पुग्ने पनि सम्भावना हुन्छ कि भन्ने रहन्छ l

स्वयम् सेवक रुपमा आफ्नो श्रम दान गर्ने पदाधिकारीहरु हतोत्साही हुने अवस्था रहने हुन्छ l हिलो छ्याप्ने प्रवृति रहे स्वयम् सेवकहरु निरुत्साही हुने छन l उम्मेदवारले खोजेको कुराहरु जायज छ भने किन निकासको दैलो नखोल्ने ? कुरा सुनिएन भने प्रधान मन्त्री शेर बहादुर देउवाले समक्ष पूर्व प्रधान मन्त्री बाबुराम भट्टराईको कुरा नसुन्दा १० बर्षे जन युद्ध हुन् पुगेको ईतिहास साक्षी छ l

अमेरिकाका संबिधानमा पनि बिरोध गर्न पाईन्छ भन्ने उल्लेख गरिएकोले उम्मेदवारहरुले चित्त नबुझेकोले किन ध्यानाकर्षण गराएको होला भन्ने कुरामा गम्भीर हुनु पर्ने भएको छ l ठुलो मतको फरक भयो भनि आश्चर्य मानि ढोका ढक ढकाउनको अर्थले केहि माने राख्छ भन्ने बुझ्नु पर्ने भएको छ l

अविरल रुपमा दिन रात काममा खटेका संस्थाका सिपाहीहरुलाई काममा तगारो लागी दिदा पूर्ण रुपमा निरुत्साही हुने हुन्छन l काम कारवाही रोकिनु हुन्न यसले गर्दा द्वन्द चर्किन्छ l किनभने अमेरिकामा संस्थाको झगडा अदालतमा गयो भने एक युग पनि लाग्ने अवस्था हुन्छ l

विवाद रही रह्यो भने सबै जना लाखा पाखा हुन्छन l संस्था प्रति बितृष्णा हुन्छ l सहभागितामा शिथिलता आउछ l नया निसाफ पाउँ भनि निबेदन दिने र बागडोर चलाउनेले पनि समस्याको समाधान जाने पट्टि लागे संस्था बलियो हुन्छ l अहमतालाई किनारा लगाउदै एक साथ बसेर समाधान गरे सबै कुरा जायज हुन्छ नत्र सबै नाजायज हुन्छ l

स्मरण रहोस ,कैयौ बर्षको छलफल बाट मुलुकमा निकास निस्कन सफल भएको छ l हरेक कुराको समाधान हुन्छ भन्ने तर्फ सजक भयौ भने हरेक कुराको निकास निस्कन्छ l तिललाई पहाड बनाउने बाट साबधान हौ l अमेरिकामा पनी गलत निर्णय भएका छन् l

अमेरिकामा अदालतले समेत गलत गरेको कैयौ उदाहरण छन् l ३० देखि ४० बर्ष कैद भै सके पछि अदालतले दोषीलाई निर्दोस भनि कारागार मुक्त गरेको घटना अमेरिकामा भेटिएका छन् l

अमेरिकामा छाता संगठनको खोजीमा भौतारी रहेका प्रवासी नेपालीले एन आर एनले नेपाल सरकार समक्ष आवाज पुर्याउन सक्ने संस्था भनि विश्वास गरिएको संस्थामा बिबाद भित्रिनु हुदैन l नेपाल भित्र होस् या नेपाल बाहिर आम नेपालीको प्रतिनिधित्व गर्ने गरिमामय संस्था हो भन्ने विश्वास बढ्दै गरेको अवस्थामा पुन विवादमा अल्झिएकोले पूर्ण सतर्कता अपनाए अवश्य निकास निस्कने छ l निकास ननिकाले एकतामा अनेकता हुने छ ,जुटमा फुट हुने छ l संस्थामा धमिरा लागे सबैको लागि हानिकारक हुने छ l

………………………………………….अस्तु

प्रतिक्रिया