सहयोग जुटाउने अभियानमा सगरमाथा आरोही जापानीहरू

इनेप्लिज २०७२ जेठ २८ गते १०:५९ मा प्रकाशित

11358784_10153090851452535_2136876127_n (1)

विश्वका प्रसिद्ध हिमालहरुको आरोहण गरिसकेका जापानी नागरिक टिम कुरिकीले विश्वको सर्वोच्च शिखर

सगरमाथा आरोहण गर्ने चारजना आरोहीको सहभागितामा शुक्रवार भूकम्प पीडित नेपालीहरुको सहयोगार्थकार्यक्रम गर्ने भएका छन ।जापानमा रहेका हिमशिखर आरोही तथा अन्य पर्यटन लगायतका क्षेत्रमा क्रियाशिल नागरिकहरुको कार्यक्रममा

सहभागिता रहने जनाइएको छ । कार्यक्रमबाट संकलित रकम नेपालका भूकम्प पीडितहरुलाई प्रदान गरिनेजनाईएको छ । कार्यक्रम टोकियोको अतिव्यस्त शहर गिन्जाको एक हजार दर्शक क्षमताको हलमा गर्न लागिएकोजनाइएको छ ।

कार्यक्रममा दुई पटक (सन १९९९ र २००७) सगरमाथा आरोहण गरिसकेका नोगीचि, सन २००३मा एक पटकआरोहण गरेका मिउरा, सन २००७मा आरोहण गरेका तानिगुची र एक पटक आरोहण गरिसकेका अर्का सफलआरोही हानातानीको विशेष उपस्थिति रहने छ ।कार्यक्रम पछि जापानका संचार माध्यमहरुमा नेपालको भूकम्प पछिको पछिल्लो अवस्थाका वारेमा थप समाचार प्रसारण गर्न उपयोगी हुने विश्वास लिइएको छ । आयोजक समितिका संयोजक टिम कुरिकीले जापानका संचारमा ध्ययममा नेपालको भूकम्प वारेमा पछिल्ला दिनमा समाचारहरु प्रसारणमा कमी आएकाले यस कार्यक्रम पछिथप जानकारी समेटन मद्धत पुग्ने विश्वास लिएको बताउनुभयो ।टिम कुरिकी सहितको हिम शिखर आरोहिहरुको टोलीले भूकम्प गए लगत्तै नेपालको गोरखा, सिन्धुपाल्चोक र मकवानपुर लगायतका क्षेत्रको स्थलगत निरिक्षण तथा सहयोग कार्यक्रम गरेको थियो । कार्यक्रममा टोलीलाई नेपालका भूकम्प प्रभावित क्षेत्रमा पुरयाउन सहयोगी भूमिका निभाएका समाचार विश्लेषक तथा राहत तथा उद्धार सहयोग समिति जापानका सचिवालय सदस्य जिज्ञानकुमार थापाले समेत सम्वोधन गर्नुहुने छ ।

सोही अवसरमा हिमशिखर आरोही सदस्यहरुको सकृयतामा निमार्ण गरिएको ‘मिलेर काम गरौ नेपाल परियोजना’नामक वेव साईटको उदघाटन गर्ने कार्यक्रम छ । जसले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक राहत सामाग्रीलगायतका सहयोग जुटाउन मद्धत मिल्ने विश्वास गरिएको कार्यक्रम संयायेजक टिम कुरिकीले बताए ।

प्रतिक्रिया