शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०८:३२
वासिङटन डिसी 21:47

टेक्सासमा अज्ञात लुटेराको गोलि प्रहारबाट नेपाली अमेरिकन समीरा शिवाकोटीको हत्या

इनेप्लिज २०७२ जेठ २८ गते ८:२८ मा प्रकाशित

Samira Siwakoti

अमेरिकाको टेक्सास राज्यको डेन्टनमा बसोबास गर्दै आएकी समीरा शिवाकोटीको आफैले संचालन गरेको ७४०० मेन स्ट्रिट कोलनीमा रहेको रेपिड़ो कन्भिनेंस स्टोरमा बुधबार बिहान ११:०० बजे अज्ञात लुटेराको  गोली प्रहारबाट घटनास्थलमै मृत्यु भएको छ । स्थानिय प्रहरीले दिएको जानकारी अनुसार ३१ बर्षीय समीरा शिवाकोटीको अज्ञात लुटेराको गोली प्रहारबाट घटनास्थलमै मृत्यु भएको हो । टेक्सासस्थित नेपाली समुदायले दिएको जानकारी अनुसार बिगत ४ बर्ष देखि समीरा र उनका श्रीमान नवराज शिवाकोटीले ७४०० मेन स्ट्रिट कोलनीमा रहेको रेपिड़ो कन्भिनेंस स्टोर आफैले संचालन गर्दै आइरहेका थिए । मृतक समीरा शिवाकोटीको ३ बर्ष भन्दा कम उमेरका दुइ छोरीहरु छन् । स्थानिय प्रहरीले दिएको जानकारी अनुसार मृतक समीरा शिवाकोटी अनुहारमा अज्ञात लुटेराले प्रहार गरेको गोलि लाग्ने बित्तिकै उनको मृत्यु भएको  थियो I

प्रतिक्रिया