इलाम, २८ जेठ । इलाम एकतप्पाकी एक महिलाले विष सेवन गरेर आत्महत्या गरेकी छन् ।
एकतप्पा–७ निवासी ३० वर्षीया रनमाया आङ्देम्वेले मेटासिड नामक विष सेवन गरेर आत्महत्या गरेकी हुन् । उनको गएराति १ बजे जिल्ला अस्पताल इलाममा मृत्यु भएको हो । आत्महत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
एक साताअघि विष सेवन गरेर जङ्गलमा पल्टिएकी उनलाई स्थानीयले भेटेर उपचारका लागि जिल्ला अस्पताल ल्याएका थिए । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको थियो ।
त्यहाँ पनि चिकित्सकले उपचार सम्भव नदेखेपछि पुनःजिल्ला अस्पतालमै फर्काइएको थियो ।
उनका श्रीमान् वैदेशिक रोजगारीका क्रममा कोरियामा थिए । श्रीमतीले विष सेवन गरेको खबर सुनेपछि विदेशबाट फर्किएका छन् ।
प्रतिक्रिया