विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

इनेप्लिज २०७२ जेठ २८ गते २:४३ मा प्रकाशित

schoolफलेवास (पर्वत), २८ जेठ । विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थी बेहोस हुन थालेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ ।

पर्वत जिल्लाको लुंखुदेउराली गाविसमा रहेका महेन्द्रज्योति उच्च माविका विद्यार्थी एक्कासि बेहोस भएर ढलेपछि विद्यालयको पठनपाठन बुधबार दिउँसोदेखि बन्द गरिएको हो ।

दिउँसो कक्षा चलिरहेका बेला कक्षा ८ र ९ का १५ जना विद्यार्थी बेहोस भएर ढलेका हुन् । उनीहरुलाई तत्कालै स्थानीय लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिएको र अहिले अवस्था सामान्य रहेको स्थानीय जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो ।

उनीहरुलाई अत्यधिक गर्मी र मास हिस्टेरीको समेत लक्षण देखिएको स्वास्थ्य केन्द्रका अहेब नरबहादुर बरालले बताउनुभयो । बेहोस भएका सबै छात्रालाई उपचारपछि अभिभावकको जिम्मा लगाएको छ ।

प्रतिक्रिया