शुक्रबार, माघ ७ २०७८
काठमाडौं २०:२१
वासिङटन डिसी 09:36

भीमदत्तनगरमा भूकम्पपीडितको सहयोगार्थ क्रिकेट

इनेप्लिज २०७२ जेठ २७ गते १२:०१ मा प्रकाशित

cricket123431-300x253भीमदत्तनगर, २७ जेठ । भूकम्पपीडितको सहयोगार्थ कञ्चनपुर जिल्लाको सदरमुकाम भीमदत्तनगरमा ‘युथ कप डे नाइट’ टी ट्वान्टी क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ ।

युथ क्लब अफ महाकाली, महेन्द्रनगर, कञ्चनपुरले आयोजना गरेको र हिमालय क्रिकेट एकेडेमीमा भइरहेको प्रतियोगितामा यहाँका १६ वटा टिमले सहभागिता जनाएका छन् । अहिले विभिन्न लिग चरणका खेल भइरहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले रु ५० हजार, द्वितीयलाई रु २० हजार तथा प्रमाणपत्रसहित ट्रफी दिइने युथ क्लबका संयोजक कमलराज चटौतले बताउनुभयोे । प्रतियागिताबाट सङ्कलित रकम भूकम्पपीडितलाई प्रदान गरिनेछ ।

त्यस्तै, म्यान अफ द सिरिजबापत एक जना क्रिकेटरलाई रु पाँच हजार प्रदान गरिने र प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जनालाई म्यान अफ द म्याच घोषित गरिनेछ । यसैबीच, उत्कृष्ट ब्याट्स्म्यान, वलर, फिल्डर पनि घोषित गरिनेछ । प्रतियोगिता हरेक दिन बेलुकी ७ बजेदेखि सुरु हँुदै आएको छ ।

प्रतिक्रिया