आइतबार, माघ ९ २०७८
काठमाडौं ०५:३९
वासिङटन डिसी 18:54

राप्रपा नेपालका नेता लावतीको निधन

इनेप्लिज २०७२ जेठ २७ गते ७:१६ मा प्रकाशित

interview2काठमाडौँ, २७ जेठ । राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा बुधवार निधन भएको छ ।

मुटु र मिर्गौला रोगबाट पीडित पूर्वमन्त्री लावतीलाई नर्भिक अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । पञ्चायतकाल र बहुदलीय व्यवस्थामा समेत पटक–पटक मन्त्री बन्नुभएका लावती नेपाली राजनीतिको पछिल्लो कालखण्डमा त्यति सक्रिय हुनुहुन्न थियो ।

यद्यपि उहाँले कमल थापासँग असहमत हुँदै केही समयअघि मात्र समानान्तर पार्टी गठनको प्रयास गर्नुभएको थियो ।

पाँचथर जिल्लाबाट पञ्चायत र बहुदलमा समेत सांसद जित्नुभएका लावतीका छोरी सगुन लावती राप्रपा नेपालका नेता हुनुहुन्छ भने बुहारी बबिना मोक्तान राप्रपा नेपालबाटै सभासद हुनुहुन्छ ।

प्रतिक्रिया