एउटै माउका पाँच पाठापाठी !

इनेप्लिज २०७२ जेठ २७ गते ६:०४ मा प्रकाशित

Bakhra-ko-5-bachcha-300x160इलाम, २७ जेठ । एउटा माउ बाख्राले कतिवटा पाठा पाउँछ होला । जो कोहीले भन्ने गर्छन्, दुईवटा बढीमा तीनवटा तर आमचोकमा मङ्गलबार बिहान बाख्राले पाँचवटा पाठापाठी जन्माएको छ ।

आमचोक– ५ मा बेदप्रसाद लामिछानेले पालेको पाल्नुभएको स्थानीय जातको बाख्राले पाठापाठी पाएको हो । बाख्राले पाँचवटा पाठापाठी जन्माएपछि हेर्न आउनेको भीड लागेको छ । बाख्राले चारवटा पाठा र एउटा पाठीलाई जन्म दिएको हो । पाँचवटै पाठापाठी सकुशल रहेको लामिछानेले बताउनुभयो ।

पाठापाठीलाई माउको दूधले नपुगेर दूधदानीबाट गाईको दूध खुवाउन थालिएको छ । गाउँमा यसरी बाख्राले पाँचवटा पाठापाठी पाएको पहिलो पटक देखेको स्थानीयवासी लक्ष्मण घतानी बताउनुहुन्छ ।

प्रतिक्रिया