भूकम्पबाट भएको क्षतिको अन्तिम विवरण सार्वजनिक

इनेप्लिज २०७२ जेठ २७ गते ४:१४ मा प्रकाशित

Udayapur_district_locationगाईघाट (उदयपुर), २७ जेठ । जिल्ला प्रशासन कार्यालय उदयपुरले भूकम्पले पु¥याएको क्षतिको अन्तिम विवरण सार्वजनिक गरेको छ ।

जिल्लाका ४० गाविस र तीन वटा नगरपालिकामा भूकम्पबाट १२ हजार १४० घरमा क्षति पु¥याएको उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताउनुभयो ।

ती घरमध्ये ९५ घर र ५५ विद्यालय तथा सरकारी कार्यालय पूर्णरुपमा क्षति भएका छन् । यस्तै, ४९८ घर तथा सरकारी कार्यालयमा मध्यम क्षति र अन्यमा आंशिक क्षति पुगेको प्रजिअ घिमिरेले बताउनुभयो ।

यस्तै, भूकम्पबाट यस जिल्लामा एक जनाको मृत्यु भयो भने अन्य ४० जना घाइते भए ।

अहिलेसम्म जिल्लाभर झन्डै २७ लाख नगद राहतस्वरुप वितरण गरिएको छ । जिल्लामा भूकम्पबाट पूर्ण पीडित बनेकामध्ये १०४ घर परिवारलाई पूर्ण राहत र २५४ घरपरिवारलाई आंशिक राहत वितरण गरिएको पनि जिप्रकाले बताएको छ ।

यस्तै, राहतस्वरुप १८७ बोरा चामल, २७६ वटा त्रिपाल १८६ वटा कम्बललगायत च्युरा, भुजिया, तेल तथा चाउचाउ वितरण भएको छ ।

भूकम्पबाट पूर्ण पीडित बनेकालाई पाँच हजार नगद र त्रिपाल तथा चामललगायतका सामग्री वितरण गरिएको थियो भने मध्यम क्षति भएकालाई तीन हजार नगद र त्रिपाल वितरण गरिएको थियो ।

जिल्लामा राहत वितरण कार्य सम्पन्न भएको पनि जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया