स्वास्थ्यचौकीलाई तीन रोपनी जग्गा दान

इनेप्लिज २०७२ जेठ २७ गते ३:३७ मा प्रकाशित

ilam_nepal_mapइलाम, २७ जेठ । फाकफोककी एक समाजसेवीले स्वास्थ्यचौकी निर्माणका लागि तीन रोपनी जग्गा निःशुल्क दान दिनुभएको छ ।

फाकफोक–६ की इन्द्रमाया चौहानले रु १२ लाख मूल्य बराबरको जग्गा स्वास्थ्यचौकीलाई दिनुभएको हो ।

जग्गा अभावमा पुरानो भवनमा सीमित रहनुपरेको स्वास्थ्यचौकीले अब उक्त जग्गामा निर्माण प्रक्रिया अघि बढाउने चौकी प्रमुख लालबाबु यादवले बताउनुभयो ।

तीन भाइ छोराको अंशबाट कटाएर चौहानले स्वास्थ्यचौकीलाई जग्गा दिनुभएको हो । जग्गा अभावमा त्यहाँबाट स्वास्थ्यचौकी अन्यत्रै सर्ने अवस्था आएपछि तीन वर्षअघि उहाँका श्रीमान् धनबहादुर चौहानले आठ आना जग्गा स्वास्थ्यचौकीलाई दान दिनुभएको थियो ।

प्रतिक्रिया