मिस नेपाल हुँदा खुबै चर्चा पाएपनि एकाएक हराएकी श्रृष्टी श्रेष्ठले सबैलाई चकित बनाएकी छिन् । केही बर्ष हराएकी श्रृष्टीले एक बलिउड चलचित्रको गीतमा अभिनय गरेकी छिन् ।
बलिउड नायिका सन्नी लियोनीले अभिनय गरेको असफल चलचित्र ज्याकपोर्टको कभी जो बादल बर्षे बोलको गीतको अनप्ल्ग्डमा श्रृष्टीलाई देख्न सकिन्छ । यो गीतलाई भारतको चर्चित म्यूजिक कम्पनी टीसिरिजले आफ्नो युटुब च्यानलमार्फत मंंगलबार सार्वजनिक गरेको हो ।
गीतमा श्रृष्टीसँगै चलचित्र ज्याकपोर्टका नायक सचिन जोशी देखिएका छन् ।
प्रतिक्रिया