सोमबार, माघ ३ २०७८
काठमाडौं ०३:२७
वासिङटन डिसी 16:42

राहत कोषमा चार अर्ब सत्तहत्तर करोड

इनेप्लिज २०७२ जेठ २६ गते १६:०६ मा प्रकाशित

relief fundकाठमाडौँ, २६ जेठ । भूकम्पपीडितको सहयोगार्थ सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु चार अर्ब ७७ करोड १८ लाख २६ हजार ३२२ सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज मात्र रु १५ करोड ६६ लाख ७१ हजार ८९४ दाखिला भएको छ । स्वदेशी तथा विदेशी व्यावसायीक प्रतिष्ठान र नेपाली नियोग गरी १९ संस्थाबाट आज उक्त रकम दाखिला भएको हो ।

भूकम्पपीडितहरुको सहयोगका लागि उक्त कोषमा रकम दाखिला गर्ने क्रम जारी छ ।

प्रतिक्रिया