शुक्रबार, माघ ७ २०७८
काठमाडौं १९:१४
वासिङटन डिसी 08:29

दुर्घटनामा एकको मृत्यु, नौ जना घाइते

इनेप्लिज २०७२ जेठ २६ गते १५:३२ मा प्रकाशित

accidentसप्तरी, २६ जेठ । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

राजविराज–हुनमाननगर सडक खण्डअन्तर्गत सप्तरीको बभनगामाकटीमा भारदहबाट राजविराज आउँदै गरेको स१प ८४१० नम्बरको मोटरसाइकलले आफैँ अनियन्त्रित भई कल्भटमा ठोकिँदा मोटसाइकल चालक बरमझिया–३ बस्ने २५ वर्षीय मो. सचिनको मृत्यु भएको छ ।

मोटसाइकलमा पछाडि सवार हनुमानगर–२ बस्ने २२ वर्षीय मोहमद इर्सादको अवस्था गम्भीर भएकाले उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ ।

यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–९ सडक खण्डमा रोकी राखिएको ट्रकमा ट्याक्टर ठोकिँदा नौ जना व्यक्ति घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेका छन् ।

पूर्व–पश्चिमतर्फ सडक किनारमा रोकी राखेको ना५ख १८१ नम्बरको ट्रकलाई सोही दिशातर्फ आएको स१त ३०८६ नम्बरको ट्याक्टर पछाडिबाट ठोकिँदा सप्तरीको कल्यानपुर–४ विषनपुर निवासी १७ वर्षीय सहित अन्सारी, सोही ठाउँका १८ वर्षीय सहिम अन्सारी र वडा नं. ३ बस्ने १८ वर्षीय एम.डी. सदाम हुसेन गम्भीर घाइते भएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा परी अन्य घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया