प्रेस विज्ञप्ति-भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न‏

इनेप्लिज २०७२ जेठ २६ गते १२:०४ मा प्रकाशित

neaja7th june 2015

प्रेस विज्ञप्ति

मितिः जुन ८
न्युयोर्क, नेपाल अमेरिका पत्रकार संघ, नेजाले यहाँ एक भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हिजो आईतवार ज्याक्सन हाईटको चौतारी रेष्टुरेष्टमा भएको भेटघाट कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, भुकम्पको चिन्ता, अन्तराष्टिय परिश्थति र पत्रकारिता तथा साहित्यको विषयमा छलफल भएको थियो । छलफलमा बरिष्ठ पत्रकार एवं अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरे, बरिष्ठ लेखक एवं साहित्यकार तथा समालोचक हरि अधिकारी र अन्तराष्टिय सम्वन्धका जानकार डा अंगराज तिमिल्सिना सहित यहाँ स्थित नेपाली समुदायका प्रतिनिधि, नागरिक समाज, पत्रकार,लगायतको वाक्लो उपश्थिति रहेको थियो ।

neaja7th june 2015 2

कार्यक्रममा वोल्दै बरिष्ठ पत्रकार एवं अन्नपूर्ण दैनिकका प्रधान सम्पादक घिमिरेले राष्टिय सरकार परिवर्तनको चर्चा चलिरहेको सन्दर्भमा को सत्तामा जाने भन्दा पनि स्थायित्वको लागि दलहरुबीच सहमति आवश्यक रहेको वताउनुभयो । सरकारको कार्यक्रम स्पष्ट नभई को प्रधानमन्त्री वन्ने चलखेल भैरहेको जुन राष्टको दुर्भाग्यपूर्ण रहेको उहाँको धारणा छ । भुकम्प जस्तो राष्टिय संकटमा पनि जनताको भूमिकालाई वेवास्ता गरेको घिमिरेले वताउनुभयो । पछिल्लो २०६२ ६३ को परिवर्तनलाई व्यवस्थापन गर्न नसकेर अझैसम्म देशले निकास पाउन नसकेको वताउदै घिमिरेले जवाफदेहितामा राजनीतिक पार्टीहरु चुकिरहेको टीप्पणी गर्नुभयो । राजनीतिक भागवण्डाको हिसावले दलहरुले देशलाई अस्थितरतातिर धकेलेको धारणा राख्दै जनताको सहभागितामा मात्र देशले निकास राख्न सक्ने वताउनुभयो । नागरिक समाज र पत्रकारहरु स्वयं राजनीतिक दलहरुको भागवण्डामा परेको वताउदै राजाको निरंकुसताको विपक्षमा लाग्दा आफु थुनिएको तर अराजकताको पक्षमा नझकेको दावी गर्नुभयो । देशका संवेदनशील भुमिकामा विदेशीलाई सोध्ने दलहरुको कमजोरीले विदेशीहरुले अनावस्यक हस्तक्षेप गर्ने गरेको वताउदै जनताको सुप्रीम रोललाई विश्वास गरे मात्र मुलुकलाई अगाडी वढाउन सकिने वताउनुभयो ।

neaja 7th june 20153त्यसैगरि कार्यक्रमका अर्का वक्ता अन्तराष्टिय सम्वन्धका जानकार अंगराज तिमिल्सिनाले भुकुम्पको क्षतिको लागि अन्तराष्टिय समुदायको विश्वास जित्न नसकेको वताउनुभयो । अहिले सरकार परिवर्तन गर्नु भनेको अन्तराष्टिय समुदायको विश्वास गुमाउनु रहेको दावी गर्दै अन्तराष्टिय दातृ निकायको सहयोग लिएर देशलाई पूननिर्माण गर्नुपर्ने वताउनुभयो । राहत वितरणको चलनमा राजनीतिक दलहरु स्वयं चुकेको वताउदै तत्कालिन र दृर्घकानिलन योजना अनुसार देशलाई पुननिर्माण गर्ने यो सुनौलो अवसर पनि रहेको उहाँको धारणा छ । देशलाई भुकम्पको पीडाबाट जोगाइ पुणनिर्माण गर्नको लागि गुजरातले दिएको अवधारणा प्रभावकारी हुने उहाँको सुझाव छ ।

लेखक एवं साहित्यकार हरि अधिकारीले खेल र साहित्यको माध्यमबाट आफु सधै लोकतन्त्रको पक्षमा उभिएको वताउनुभयो । पूर्व राजा ज्ञानेन्द्रले शासन चलाईरहेको वेला जनताको टेलिफोन सुविधा काटेपछि आफुले कविताको माध्यमबाट सो कदमको विरोध गरेको वताउदै आफ्नो कलम सधैभर जनताको पक्षमा चलाएको र भविश्यमा पनि चलाउने वताउनुभयो ।

भोला आचार्य
महासचिव, नेपाल अमेरिका पत्रकार संघ, नेजा

प्रतिक्रिया