ज्याकी च्यान नेपालमा

इनेप्लिज २०७२ जेठ २६ गते १०:५३ मा प्रकाशित

chan

भूकम्प पिडितको सहयोगार्थ हलिवुडका सु प्रसिद्ध कलाकार सुपरस्टार ज्याकी च्यान मंगलबार नेपाल आई पुगेका छन् l उनि आए लगतै जावलाखेल स्थित अस्थायी शिविरमा बसिरहेका अपाङ्गता भएका भूकम्पपीडितहरुलाई राहत सामग्री वितरण गरेका छन् ।

उनले आफु संगै ल्याएका राहत सामाग्रीहरु रेनकोट, ब्रस, तौलिया, चप्पल तथा सरसफाईको सामाग्रीहरु भूकम्प पीडितहरुलाई वितरण गरेका छन् । एयर चाइनाको बिमानबाट आज ११:२७ मा काठमाडौं ओर्लिएका थिए l

हलीवुडका तारा ज्याकीले रेडक्रस सोसाइटी अफ चाइनासँग मिलेर उक्त राहत सामग्री बाँडेका हुन् । ज्याकीले ललितपुरको च्यासल र सिद्धिपुरस्थित सानागाउँमा पुगी राहत वितरण समेत गरेका छन् भने उनि आजै साँझ फर्किने कार्यक्रम रहेको छ l

jackie 1

प्रतिक्रिया