विश्वविद्यालय खेलकुद सङ्घको अध्यक्षमा प्रदीप जोशी

इनेप्लिज २०७२ जेठ २६ गते ३:१७ मा प्रकाशित

काठमाडौँ, २६ जेठ । विश्वविद्यालय खेलकुद सङ्घ नेपालको दोस्रो साधारणसभाले प्रदीप जोशी (टेकराज) को अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार निर्विरोध चयन गरेको छ । अघिल्लो कार्यसमितिमा पनि जोशी नै अध्यक्ष हुनुहुन्थ्यो ।

त्यस्तै, पाँच उपाध्यक्षमा प्रा डा ज्ञानेन्द्र पौडेल, प्रा डा लोकेन्द्र शेरचन, डा लालमणि पाण्डेय, विनयकुमार भट्टराई र सानु घले हुनुहुन्छ भने महासचिवमा पूर्णसिंह बोहरा, सचिव डा उदयकिशोर तिवारी र कोषाध्यक्षमा अजिता शर्मा चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यमा डा दीपबहादुर अधिकारी, डा बिमला शर्मा, धर्मराज ओझा, दीपक विष्ट, डा यज्ञराज भट्ट, पूर्णादेवी शाक्य र सुरेन्द्र पनेरु हुनुहन्छ । बाँकी तीन सदस्य भने केन्द्रीय कार्यसमितिले मनोनीत गर्नेछ ।

नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत चन्द्र राईले शपथग्रहण गराउनुभएको थियो । यसअघि साधारणसभाको उद्घाटन भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटनसँगै सङ्घले सदस्य सचिव लामालाई आफ्नो कार्यकालमा खेलकुदको विकास र विस्तारमा अतुलनीय योगदान पु¥याएको भन्दै सम्मान गरेको थियो ।

प्रतिक्रिया