सोमबार, माघ ३ २०७८
काठमाडौं ०३:५३
वासिङटन डिसी 17:08

दक्षिण कोरियामा मर्सको सङ्क्रमण बढ्यो

इनेप्लिज २०७२ जेठ २५ गते १५:२६ मा प्रकाशित

 

Barcelona-Win-Champions-League

सोल, २५ जेठ । दक्षिण कोरियामा सोमबार यसअघिका तुलनामा सबैभन्दा धेरै नागरिकको मर्सको सङ्क्रमणबाट निधन भएको समाचारमा जनाइएको छ ।
सोमबारसम्ममा यसको सङ्क्रमणबाट सङ्क्रमितमध्ये छ जनाको ज्यान गएको छ । दक्षिण कोरियामा मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम नामको एक भाइरसको सङ्क्रमणबाट कयौँको ज्यान गएको छ ।
दुई हप्ता यतामात्र देखिएको सो सङ्क्रमणका कारण त्यहाँको जनजिवनलाई निकै नै प्रभावित तुल्याइसकेको बताइएको छ ।
दुईहप्ताअघि मात्र चारजनामा यसको सङ्क्रमण देखिएको थियो । तर आजसम्म आइपुग्दा यसबाट सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि ८७ पुगेको छ ।
उता अर्काे एक समाचारअनुसार सोमबार मात्र यसका २३ जना विरामी भेटिएका छन् । एकैदिन यति ठुलो सङ्ख्यामा विरामी फेला परेको यो पहिलो पटक हो ।
यो सङ्क्रमणले दक्षिण कोरियामा आतङ्क सिर्जना गरेको छ । यस सङ्क्रमणको त्रास फैलिएपछि त्यहाँको जनजिवनमा निकै ठूलो प्रभाव परेको बताइएको छ ।
दक्षिण कोरियामा यसको त्रासका कारण कम्तीमा पनि दुई हजार विद्यालय बन्द भएका छन् भने हजारौँ स्वास्थ्यकर्मीलाई देश भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचका लागि राखिएको छ ।
यस सङ्क्रमणलाई थप फैलिन नदिनका लागि सरकारले कयौं सतर्कता अपनाएको बताएको छ । तर पनि दिनहुँ नयाँ विरामी भने भेटिएका छन् ।
जसका कारण सर्वसाधारणले सरकारले यस सङ्क्रमणको नियन्त्रणका लागि आवश्यक सतर्कता एवम् पूर्व तयारी गर्न नसकेको भन्दै आलोचना पनि गरेका छन् । रासस÷एएफपी

प्रतिक्रिया