भूकम्पपीडितलाई मन्त्री रानाको पारिश्रमिकबाट सहयोग

इनेप्लिज २०७२ जेठ २५ गते ४:३४ मा प्रकाशित

Dalbahadur Rana_20140423061529पाल्पा, २५ जेठ । भूमिसुधारमन्त्री दलबहादुर रानाले पाल्पाका भूकम्पपीडितका लागि रु दुई लाख आर्थिक सहयोग गर्नु भएको छ ।

मन्त्री रानाले आफ्नो तीन महिनाको पारिश्रमिक र निजी सचिवालयबाट रु ५० हजार गरी जम्मा रु दुई लाख गृहजिल्ला पाल्पाका भूकम्पपीडितलाई सहयोग गर्नु भएको हो ।

मन्त्री रानाले आइतबार पाल्पाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवी प्रकोप उद्धार कोषका संयोजक विष्णुकुमार कार्कीलाई नगद हस्तान्तरण गर्नुभयो । उहाँले भूकम्पपीडितका लागि दुई वर्षसम्म मालपोत मिनाहा गरिएको बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाको आयोजनामा भूकम्पले पारेको असर र जिल्लामा त्यसको व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री रानाले घरै नभएकाले समेत भूकम्पले पूर्ण क्षति भएको भन्दै राहत माग्ने क्रम बढेको बताउनुभयो ।
उहाँले पूर्वी पाल्पाको सहकलकोट, वाकामलाङ, ज्यामिरे, रामपुर, मित्याल, झिरुवास र पश्चिम पाल्पाका छहरा, कुसुमखोला, मुझुङलगायत गाविसका भूकम्पबाट क्षतिका घरको अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया