नासोद्वारा विभिन्न जिल्लामा राहत वितरण

इनेप्लिज २०७२ जेठ २४ गते १६:४३ मा प्रकाशित

NASO Relief Distribution (23)

बाल्टिमोर,अमेरिका,जुन ७ | अमेरिकामा संकलित राहत रकम लिएर नेपाल जानु भएका नेपाल अमेरिका सोसाईटी फर दी अप्रेस्ड कम्युनिटी (नासो कम्युनिटी) का अध्यक्ष गोपाल विश्वकर्मा अहिले भूकम्प पीडितलाई राहत वितरण गर्न आफैं खटिरहनु भएको छ | नासोले संकलन गरेको बीस लाखभन्दा बढी राहत रकम लिएर दुई साता पहिले नेपाल जानु भएका विश्वकर्माले यस बीचमा चार जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा आफैं पुगेर राहत वितरण गरेको नेपालबाट टेलिफोन मार्फत ग्लोब नेपाल डट कमलाई जानकारी दिनु भएको छ |
विश्वकर्माले दिनु भएको जानकारी अनुसार नासोको पहलमा संकलित रकम ललितपुरको लामाटार,धादिङको ज्यामरुंग,पर्वतको चित्रे र गोर्खाको छोप्राक र गन्धर्व टोलका भुक्प्म पीडितहरुलाई राहत वितर गरिसकिएको छ | राहत स्वरुप चामल,नुन,तेल,दाल,कर्कट पाता लगायतका सामाग्रीहरु वितरण गरिएको समेत विश्वकर्माले जानकारी दिनु भयो | नासोले नेपालमा वितरण गरेको राहत प्रभावित क्षेत्रमा समन्वय गर्न दलित गैर सरकारी संस्था महासंघले सहयोग गरेको थियो | महासंघका अध्यक्ष गजाधर सुनार नासोका अध्यक्ष विश्वकर्मासंगै राहत वितरणमा खट्नु भएको थियो |
यस अघि विश्वकर्मा नेपाल पुगे लगत्तै दलित गैर सरकारी संस्था महासंघमा एक कार्यक्रमको आयोजना गरी विश्वकर्माको स्वागत गरिएको थियो । दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष एवम् दलित नागरिक समाज महाभुकम्प सहयोग तथा समन्वय समितिका संयोजक गजाधर सुनारले स्वागत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले परियार, दलित गैर सरकारी संस्था महासंघका महासचिव जेवी विश्वकर्मा, सचिव सुशील विके, कोक्यापका महासचिव सहेक विक, दलित सेवा संघका उपाध्यक्ष गणेश कालीराज, जनउत्थान प्रतिस्थानका कार्यबाहक अध्यक्ष रणबहादुर रम्तेल, अन्जान परियार, नेपाल ग्रासरुट डिभलपमेन्ट फोरमका अध्यक्ष सन्तोष विश्वकर्मा, राजन लोहनी, डम्बर कुमारी घले परियार, सुमन पौडेल, कमल विश्वकर्मा, भद्रमान मोते, तिलक विश्वकर्मालगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा बोल्दै विश्वकर्माले बैशाख १२ गते मात्रिभूमि नेपालमा गएको विनाशकारी महाभुकम्पले पुर्याएको क्षतिले प्रवासी नेपालीहरु मर्माहत भएको बताउँदै आफूहरुले सक्दो सहयोग गर्ने जानकारी गराउनुभएको थियो ।

NASO Relief Distribution (4)अब पालो स्वास्थ्य शिविरको पहिलो चरणमा प्रभावित क्षेत्रका पीडितहरुलाई राहत वितरणपछि नासोले अब तत्काल विभिन्न जिल्लाका प्रभावित क्षेत्रका पीडितहरुको नि:शुल्क स्वास्थ्य परीक्षण र प्राथमिक उपचार गरिदिने भएको छ | यसका लागि नासोले लेक सिटी अस्पताल एण्ड क्रिटिकल केयर प्रालिसंग समन्वय गरेको छ | सो अस्पतालका प्रवन्ध निर्देशक यमनाथ सापकोटाले ग्लोब नेपाल डटकमलाई दिनु भएको जानकारी अनुसार नासोसंगको समन्वयमा कास्की,लम्जुङ्ग,पर्वत,गोरखा,सिन्धुपाल्चोक,धादिङ्ग लगायतका जिल्लामा यस्तो नि:शुल्क स्वास्थ्य उपचार शिविर तथा मनोपरामर्श सेवा उपलब्ध गराइनेछ | जुन नि:शुल्क सेवा र शिविरबाट भूकम्प प्रभावित क्षेत्रका दशौँ हजार पीडितहरुलाई आफुहरुको उपचार सेवा पु-याउने लक्ष रहेको पनि अस्पतालका प्रवन्ध निर्देशक सापकोटाले जानकारी दिनु भएको छ |

NASO Relief Distribution (1)

प्रतिक्रिया