मारुती भ्यान दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

इनेप्लिज २०७२ जेठ २४ गते १६:०२ मा प्रकाशित

accidentउर्लाबारी, २४ जेठ । मोरङको वयरवनमा आज को १ च ११७७ नम्बरको मारुती भ्यान दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको मारुती भ्यान अनियन्त्रित भई वयरवन–९ स्थित कल्भर्टमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

भ्यानमा सवार सुनसरी धरान–१८ निवासी ३५ वर्षीया मीना राई गम्भीर घाइते भएपछि उपचारार्थ अस्पतालतर्फ लैजाँदा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

सोही भ्यानमा सवार धरान–१८ निवासी ५२ वर्षीय राजन राई र सोही ठाउँ निवासी भ्यान चालक ३५ वर्षीय राम राई पनि घाइते भएको र उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया