शुक्रबार, माघ ७ २०७८
काठमाडौं १९:४३
वासिङटन डिसी 08:58

संविधानका विवादित विषय सोमबार टुङ्ग्याइने

इनेप्लिज २०७२ जेठ २४ गते १५:४५ मा प्रकाशित

NC and UML Meetingकाठमाडौँ, २४ जेठ । सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले)ले संविधानका विवादित विषयलाई सोमबार बिहान बस्ने चार दलको बैठकबाट टुङ्ग्याउने भएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज साँझ भएको दुई दलको बैठकमा संविधानको विवादित विषयमा पुनः भोलि चार दल बसेर टुङ्ग्याइने नेपाली काँग्रेसका नेता एवम् वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले बताउनुभयो ।

चार दलका शीर्ष नेताहरुको बैठकले निर्वाचन प्रणाली र सङ्घीय प्रदेशको रचनाका मुद्दालगायत अन्य नमिलेका विषयमा घनिभूत रुपमा छलफल गरी टुङ्ग्याउने आशा व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले जतिसक्यो चाँडो संविधान जारी गर्ने गरी सबै पार्टी लागिरहेको अवस्थामा सङ्घीय प्रदेशको सङ्ख्याका विषयमा शीर्ष नेताहरु गम्भीर ढङ्गले बैठक बसी भोलि टुङ्ग्याउने विश्वास व्यक्त गर्दै आजको बैठक त्यही विषयमा केन्द्रित भएको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सबै दल छिटो छिटो संविधान ल्याउनुपर्छ भनेर जोडतोडका साथ लागेको उल्लेख गर्दै प्रदेशको सङ्ख्यामा सहमति नजिक पुगको र सीमाङ्कनमा फरक फरक धारणा आइरहेको बताउनुभयो ।

प्रतिक्रिया