लिचीको मूल्यमा अत्यधिक वृद्धि

इनेप्लिज २०७२ जेठ २४ गते १४:३३ मा प्रकाशित

lichi-e1431765526810वीरगन्ज, २४ जेठ । मागअनुसारको उत्पादन हुन नसकेपछि पर्सामा यस वर्ष लिचीको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।

यस समयमा गत वर्ष प्रति सयकडा लिचीको बजार मूल्य रु १२० देखि रु १५० सम्म रहेकामा यस वर्ष त्यसमा वृद्धि भई रु १८० देखि १२० सम्म पुगेको छ । बजार माग वृद्धि हुँदै गएपछि भारतबाट अहिले ठूलो परिमाणमा लिचीको आयात भइरहेको सम्बद्ध व्यवसायी बताउँछन् ।

“आयातित बजारको मागलाई मात्र पूरा गरेको छैन, यसले लिचीको अभावका कारण हुन सक्ने मूल्य वृद्धिलाई समेत केही नियन्त्रण गरेको छ,” स्थानीय मिनाबजारका फलफूल थोक बिक्रेता जनक साहले भन्नुभयो, “भारतबाट आयात नभएको भए यस क्षेत्रमा लिचीको मूल्यमा अझै वृद्धि हुने थियो ।”

जेठको पहिलो सातामा गाउ“को लिची छिटफुट रुपमा पाक्ने गरेको र त्यसपछि बिक्रीका लागि व्यवसायीले बजारसम्म पुर्‍याउने गर्छन् । “स्थानीय उत्पादनले बजारको मागलाई थेग्न नसक्दा बजारमा मूल्य वृद्धि भएको हो,” लिची व्यवसायी राकेश पटेलले भन्नुभयो, “माग र आपूर्तिमा सन्तुलन कायम राखी बजार मूल्यलाई नियन्त्रण गर्न भारतबाट लिचीको आयात गर्नुपर्ने बाध्यता छ ।”

सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न स्थानीय व्यापारीले लाखौँ मूल्यबराबरको लिची अवैध रुपमा नेपाल भित्र्याउने गरेका छन् । यसरी अवैध रुपमा नेपाल भित्रिएको लिची वीरगन्ज हुँदै देशका विभिन्न स्थानमा आपूर्ति हुने गरेका छन् ।

प्रतिक्रिया