बुधबार, माघ १२ २०७८
काठमाडौं ०३:५२
वासिङटन डिसी 17:07

संविधान बनाउन अतिद्रुत विधि चाहिने

इनेप्लिज २०७२ जेठ २४ गते ५:३७ मा प्रकाशित

giriraj-mani-pokhrelमहोत्तरी, २४ जेठ । एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतक गिरिराजमणि पोखरेलल नयाँ संविधान निर्माण गर्नका लागि प्रमुख दललाई द्रुत विधिभन्दा अतिद्रुत विधि अपनाउनुपर्नेे बताउनुभएको छ ।

गृह जिल्ला महोत्तरी आउनुभएका नेता पोखरेलले आज बिहान पत्रकारसँग कुरा गर्दै राष्ट्रिय सङ्कटसँग सामना गर्नका लागि राष्ट्रिय सहमतिको सरकारभन्दा सहमतिमा संविधान निर्माण गर्नुपर्ने बताउनुभयो । नेपालको निर्वाचन प्रणालीमा ६० प्रतिशत प्रत्यक्ष तथा ४० प्रतिशत समानुपातिक तरिकाले गराउने निर्णय अन्तिम चरणमा पुगेको र सो निर्णयलाई केही दिनमै अन्तिम रुप दिइने उहाँको भनाइ थियो ।

प्रतिक्रिया