सोमबार, माघ ३ २०७८
काठमाडौं ०४:२९
वासिङटन डिसी 17:44

मलामी गएका युवक महाकालीमा बेपत्ता

इनेप्लिज २०७२ जेठ २३ गते १५:३३ मा प्रकाशित

mahakaliभीमदत्तनगर, २३ जेठ । मलामी गएका एक युवक आज महाकाली नदीमा बगेर बेपत्ता भएका छन् ।

डडेल्धुराको पर्शुराम नगरपालिका–६ कटालका १७ वर्षीय दीपक जोशी महाकालीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता जोशीसहित तीन जना महाकाली नदी तरेर भारततर्फ गएका थिए । महाकाली तरेर वारि फर्कने क्रममा जोशी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता जोशीको खोजीमा नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मी जुटेका छन् ।

प्रतिक्रिया