एनआरएन टेक्सास च्याप्टरद्धारा बिभिन्न कार्यक्रमको घोषणा

इनेप्लिज २०७२ जेठ २३ गते १२:३६ मा प्रकाशित

11232175_10204468684062795_6258232841441501599_nटेक्सास, एनआरएन टेक्सास च्याप्टरले बिभिन्न कार्यक्रमको घोषणा गरेको छ । नेतृत्व चयन पश्चात पहिलो पटक बसेको औपचारीक बैठकले संस्थाको आगामी कार्ययोजना लगातका बिभिन्न कार्यक्रमको घोषणा गरेको हो । च्याप्टरका अध्यक्ष उत्तम लामिछानेको सभापतित्वमा बसेको बैठकमा एनआरएन अमेरिकाका उपाध्यक्ष राम पोखरेलको प्रमुख आतिथ्यता र कोषाध्यक्ष बेद बस्नेतका साथै बोर्ड अफ डाईरेक्टर बिनोद तिबारीको आतिथ्यता रहेको थियो । च्याप्टरको पहिलो बैठकले सम्पुर्ण मतदातालाई आभार ब्यक्त गर्दै नेपालको महा भुकम्पबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली अर्पण गर्नुका साथै घाईतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेको थियो ।

11390038_10204468688302901_4107692028118029192_nच्याप्टरले टेक्सासमा रहेका सबै संस्थासंग सहकार्य गरेर एनआरएन अमेरिकाका कार्यक्रमहरुलाई टेक्सासमा ब्यापक रुपमा परिचालन गर्ने योजना बनाएको छ । अध्यक्ष लामिछानेका अनुसार च्याप्टरमा बांकी रहेका पदहरु चाडै पुरा गर्ने र च्याप्टरमा रहेका पदाधीकारीहरुले अन्य कुनै पनि संस्थामा पद धारणा गर्न नमिल्ने, यदि कुनै संस्थामा आबद्ध भएको भए एक महिना भित्र राजिनामा दिएर एनआरएनमा सकृय हुनुपर्ने निर्णय समेत गरेको छ ।

 

11053088_10204468688982918_599575112529483540_n

प्रतिक्रिया