म्याग्दी सेवा समाजद्वारा सहयोग

इनेप्लिज २०७२ जेठ २३ गते ४:४२ मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, २३ जेठ । रोजगारीको सिलसिलामा कतारमा पुगेर सवारी दुर्घटनामा निधन भएका म्याग्दीको भकिम्ली–७ का चन्द्रबहादुर घर्तीका आफन्तलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

कतारमा रहेका म्याग्दीवासीको संस्था म्याग्दी सेवा समाज दोहा कतारले घर्तीको घरपरिवारलाई राहतस्वरुप रु एक लाख ५५ हजार सहयोग गरेको हो ।

शुक्रबार बेनीमा स्वर्गीय घर्तीको धर्मपत्नी तुलसी र आमा हरीमाया घर्तीलाई प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी र म्याग्दी सेवा समाज दोहा कतारका सञ्चार संयोजक हरिकृष्ण गौतममार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

कतारमा रहेका नेपालीहरुबाट सङ्कलन गरी उक्त सहयोग उपलब्ध गराइएको संयोजक गौतमले जानकारी दिनुभयो । गत फागुन १९ गते कतारमा सवारी दुर्घटनामा परी घर्तीको मृत्युभएको थियो ।

प्रतिक्रिया