चट्याङ लागेर दुईको मृत्यु

इनेप्लिज २०७२ जेठ २३ गते १:३७ मा प्रकाशित

thunderstromeबनियानी, (झापा), २३ जेठ । शुक्रबार राति पानीसँगै परेको चट्याङ लागेर झापामा दुईजनाको मुत्यु भएको छ ।

मुत्यु हुने झापा गरामनी गाविस–९ का खोटनाथ रेग्मी र शान्तिनगर गाविस–६ का सीता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार रेग्मी घरमा बसिरहेको अवस्थामा चट्याङ लागेपछि उनलाई तत्काल बिर्तामोडस्थित विर्ता सिटी अस्पताल लगिएको र उनको उपचारको क्रममा मुत्यु भएको हो ।

त्यस्तै राईलाई पनि चट््याङ लागेपछि कनकाई अस्पताल लैजाँदै गरेको अवस्था बाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया