एक वर्षभित्र भक्तपुरलाई पूर्ण सफाइ गर्ने अभियान सुरु

इनेप्लिज २०७२ जेठ २३ गते १:३१ मा प्रकाशित

भक्तपुर, २३ जेठ । विश्व वातावरण दिवसकोे अवसरमा शुक्रबार भक्तपुरको महादेवखोलाको मुहानपोखरीस्थित खानेपानी सङ्कलन केन्द्रमा सरसफाइ गरिएको छ ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समिति, युनिसेफ र रेडक्रस भक्तपुरको संयुक्त आयोजनामा खानेपानी मुहानको सरसफाइ गरिएको हो ।

भक्तपुर नगरपालिका क्षेत्रमा खानेपानीको लागि प्रयोग हुने मुहान पोखरीको क्षेत्रमा पानीको परीक्षण गर्नुका साथै पोखरीमा जमेका फोहोर हटाइएको छ ।

कार्यक्रममा आगामी एक वर्षभित्र जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाइने अभियान आजैबाट सुरु भएको स्वच्छता समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले बताउनुभयो ।

सरसफाइ कार्यक्रममा आजदेखि विभिन्न क्षेत्रको सरसफाइ गरिने जिल्ला डिभिजन खानेपानी कार्यालयका प्रमुख एवम् समितिका सदस्यसचिव आशिष घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया