नारी सुन्दरता

इनेप्लिज २०७२ जेठ २२ गते १०:४९ मा प्रकाशित

Prishkila dahal

सुन्दरता भन्ने बित्तकै जुन सुकै मानिसको मन मष्तिस्कलाई छुन्छ। बिशेष गरि नारी सुन्दरता कै चर्चा हुने गर्दछ यस संसारमा जस्तै सुन्दरी प्रतियोगिता हरेक शहर, देश र अन्तरराष्ट्रिय स्तरमा। आखिर के होला त नारी सुन्दरता भनेको सबैको आ-आफ्नै बिचार भए झैँ मेरो बिचारमा सुन्दरता दुई प्रकारको हुन्छ।

बाहिरी सुन्दरता र भित्री सुन्दरता बाहिरी सुन्दरता जुन बाहिर बाट देखिने जस्तोकि नारीको सुन्दर मुहार , चिट्टीक परेको शरीर, उनको सलक्क परेको लामो कपाल र मिलेका सुन्दर दातका पंक्तीहरू जुन क्षणीक हुँन जो उमेर ढल्कदै जाँदा यि बाहरी सुन्दरता हरु पनि परिबर्तन हुँन्छन। जसै उमेर ढल्कदै जान्छ तसै त्सुन्दर मुहार चाउरीदै जान्छ ,सुन्दर कालों लामो कपाल सेतै फुल्छ र झर्छ र सुन्दर सेता दातहरू झरेर थोते हुन्छन।
त्यस अर्थमा बाहिरी सुन्दरता क्षणिक हुँन र यि वास्तविक सुन्दरता हैनन। नारीको वास्तविक र दिगो सुन्दरता भनेको उनको शिस्टता , शलिनता,शभ्यता,आचण,श्रिमान प्रतिको वफ़ादारीता , परिवार र समाज प्रती ज़िम्मेवारी ।र हामीमा यी दुवै सुन्दरता भए सुनमा सुगन्ध हुनेछ । र भगवानले मलाई पनी बाहिरी सुन्दरता भन्दा पनी भित्री सुन्दरलाई बुझ्ने सतबुद्धी दिउन् ।

जे होस् अर्को तरिकामा असल चरित्र नै मानिसको सुन्दरता हो। कुनै पनि मानिसको चरित्र उसको मूल्यमान्यता, विश्वास र व्यक्तित्व मिलेर बनेको हुन्छ। जो उसको हरेक ब्यबहारमा झल्किन्छ। जति नै मुल्यवान बस्त्र र हिरामोतीले सजिए पनि असल चरित्र छैन भने त्यो शुन्य हुन्छ। चरित्रवान नारी नै नारी सुन्दरता हो जस्तो मलाई लाग्छ। तर पनि भनिन्छ सुन्दरता हेर्नेको आँखामा हुन्छ भनेर। तपाईले कस्तो दृष्टिले हेर्न सक्नु हुन्छ त्यहि पाउनु हुनेछ।

प्रतिक्रिया