बिश्व नारी दिबसको महत्व

इनेप्लिज २०७२ जेठ २२ गते १०:३७ मा प्रकाशित

11351464_989988017692048_1954082409_nविश्व नारी दिवसको ईतिहास १०४ बर्ष पुरानो छ। प्रत्येक मार्च ८ को दिनमा नारीहरुको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसार भर नारी दिवस मनाईन्छ। नारीहरुको आफ्नो कुनै अस्तित्व थिएन। न्युजी ल्याण्ड र ईङ्ग्लैण्ड दुई राष्ट्र बाहेक विश्वको कुनै पनि देशमा महिलालाई मतदान दिन पाउने अधिकार समेत थिएन। महिला र पुरुषले एउटै काममा पनि पाउने तलब फरक थियो। महिला भएकै कारण मानव अधिकारबाट बन्चित हुन्थे र अझै पनि छन् नारीहरु त्यसैले उत्तरी अमेरिकाबाट शुरु भएको नारी आवाजले सन् १९१० मा जर्मनीको कोपनहेगनमा १७ देशका १०० महिलाको सम्मेलनले १९११ देखि अन्तरराष्ट्रिय नारी दिवस मनाउँने निर्णय गरे। लाखौ लाख महिला पुरुषले भाग लिए त्यस रयालीमा। जसले संसारमा परिबर्तन ल्यायो।

यस नर्देन क्यालिफोर्नियामा पनि हामी दिदीबहिनीहरुले केहि साल यता यस दिवस मनाउदै आईरहेको छ। जसले हाम्रो सोच र जीवनमा निकै फरक ल्याएको अनुभव गरेकी छु। त्यसैले यस दिवसको महत्वको बारे सबैलाई बाड्न मन लाग्यो। सर्वप्रथम त म अाफै नारी भएकोमा गर्भ लाग्दछ । म कसैको छोरी भएर जन्म लिए,दिदी बैनी हुदै पत्नी भए र अाज अामा हुने मौका पाए। यही नै गौरबको कुरा हो। यदी बिश्वमा नारी नहुने हो भने संसार नै चल्ने थिएना। मानब जातिको जननी नै नारी हुन। फेरी पनि समाजमा राष्ट्रमा नारीको ईज्जत पुरुष बाराबार हुदैन। हाम्रो अग्रजहरुले नारीका हकहितका लागी धेरै लड़ाई लड्दै अाए। त्यसैको फलस्वारुप अाज नारीहरु पहिलाको स्थिति भन्दा केहि अगाडी बढेका छन्। उनीहरुको अधिकारको परिधि बढ्दै गईरहेको छ। तर पनि नारीहरुको सामाजिक, राजनैतिक, शैक्षिक बिकाश साथै बाराबरी अधिकारको लागी अझै हामीले यस नारी दिवसलाई निरन्तरता दिदै जानु पर्छ। अब भनौ नारी दिबसको महत्व किन त?

आधा आकाश ढाकेको नारीलाई घर, समाज र राष्ट्र निर्माणको हरेक कृयाकलापमा जब सम्म पुरुष सरह अवशर पाउदैन तब सम्म देश बिकाश हुन सक्दैन। एउटा असल घरले समाज, समाजले बलियो राष्ट्रको निर्माण हुन्छ। त्यसको लागि घरको जग बलियो हुन अति आवश्यक छ। आमा नै मानिसको जीवनको जग हो। त्यसका लागि नारी अधिकार हासिल गर्न अथक लड़ाई लड्न पर्दों रहेछ। त्यों कुरा हामीलाई इतिहासको लडाईले अबगत गराएको छ। अाज अाएर हामीले यस दिवसको अवशरमा आफ्नो बिकास साथै अधिकारको लागि बोल्न पाएका छौं। नारी दिबस के का लागी भन्दा -सामाजिक,अार्थिक,र राजनैतिक अधिकार बराबरीका लागी। नारी दिबस किन भन्दा -नारीहरुको हौसला र सम्मानका लागी, नारी विज्ञानको लागी, नारीको जनचेतनाका लागी, यही अादि इत्यादि कुराले गर्दा अाज अाएर संसार भरी सरकारी ग़ैरसरकारी संघ संस्थाले मान्यता दिएर हाम्रो अावाज संसार भरी सुनेका छन।

प्रतिक्रिया