तीन घण्टाका लागि विमानस्थलमा उडान बन्द
इनेप्लिज
२०७२ जेठ २२ गते ४:३९ मा प्रकाशित
काठमाडौँ, २२ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि मर्मतका लागि आज बिहान १० बजेसम्मका लागि सबै उडानहरू बन्द गरिएका छन् ।
धावनमार्ग बन्द भएपछि बिहान नेपाल आउने टर्किस एयरको विमान दिल्ली ‘डाइभर्ट’ गरिएको छ भने ओमन एयरको विमान लखनउ अवतरण भएको ओमन एयरका विमानस्थल व्यवस्थापक भरतकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विनाशकारी भूकम्पपछि उद्धार तथा राहतका लागि नेपाल आएका ठूला विमानका कारण अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएको बताइएको छ । धावनमार्गमा चर्किएको भागको मर्मतकार्य बिहान ७ बजेदेखि भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया