जलेश्वर कारागारमा सोलार जडान

इनेप्लिज २०७२ जेठ २२ गते ४:३१ मा प्रकाशित

solarगौशाला, २२ जेठ । महोत्तरी तथा धनुषाको संयुक्त जेल जलेश्वर कारागारमा सोलार जडान गरिएको छ ।

कारागार व्यवस्थापन विभागको पहल तथा शान्ति मन्त्रालयको आर्थिक सहयोगमा कारागारमा तीन थान सोलार जडान गरिएको हो ।
सोलारले कारागारभित्र ३५ वटा बत्ती बाल्न सक्नेछ । सोलार जडानपछि कारागारको सुरक्षा व्यवस्थामा निक्कै सहयोग पुगेको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया